गैर आवासीय नेपाली संघ (एनआरएनए)को विभिन्न पदमा म्याग्देलीले उम्मेदवार दिएका छन् । शनिबार देखी काठमाण्डौमा जारी आठौ विश्व सम्मेलनमा उपाध्यक्षमा रविना थापा, सहकोषाध्यक्षमा चक्र बहादुर थापा,यूरोप संयोजक शिव कुमार बरुवाल, एसिया प्यासिफिक उपसंयोजक विनोद कुवँर, ओसिनिया उपसंयोजक लोकनाथ पौडेल,अष्ट्रेलिया उपसंयोजकमा हरि राम्जालीले उम्मेदवारी दिएका छन् ।

थापा एनआरएनए अमेरिका, थापा मोना अन्र्तराष्ट्रियका अध्यक्ष, बरुवाल मोनाका संस्थापक महासचिव, बेल्जियमका लागि नेपालका पर्यटनदुत, कुँवर एनआरएन कोरिया, मोनाका निर्वतमान बरिष्ठ उपाध्यक्ष एवम् म्याग्दीमा जलविद्युतका प्रर्वधक समेत हुन् ।त्यसैगरी पौडेल मोना अन्र्तराष्ट्रियका सहसचिव र राम्जाली मोना अष्टेलियाका अध्यक्ष हुन् । एनआरएनएको एनसीसीमा विभिन्न देशमा अध्यक्ष सहितको महत्वपूर्ण जिम्मेबारीमा रहेका म्याग्देलीलाई आइसीसीमा समेत विभिन्न प्यानलबाट उम्मेदवारीका लाािग अफर समेत आएको मोना अन्र्तराष्ट्रियका महासचिव मिम पुर्जाले बताए ।

‘मोनाकर्मीलाई जिताउन सक्रिय छौ, विश्वभरबाट आएका प्रतिनिधिहरुले समेत सहयोगको प्रतिबद्धता जनाउनुभएको छ’ पुर्जाले बेनीअनलाइनलाई भने । मोनाको दोस्रो महाधिवेशन सकेर काठमाण्डौ पुगेका म्याग्देलीहरुले एनआरएमा उम्मेदवारी दिएका म्याग्देलीलाई भोट माग्दै जिताउने अभियानमा सक्रिय छन् ।

विभिन्न समयमा राष्ट्रिय समितिको नेतृत्व सम्हालेकाले पनि जीतको सम्भावना अत्याधिक रहे्को मोना अन्र्तराष्ट्रियका सचिव विक्रम कार्कीले बताए । उनले म्याग्देलीको एनआरएनमा देखेको सक्रियताले समेत उम्मेदवारलाई भोट माग्न सजिलो भएको बताए । विश्वभरबाट आएका एनआरएनकर्मीहरु काठमाण्डौमा भेला भएका छन् । यसैविच मोना अन्र्तराष्ट्रियका अध्यक्ष चक्र बहादुर थापाले म्याग्देलीलाई विजय बनाउने गरी विश्वभर रहेका म्याग्देलीले आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेका छन् ।