म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

0
179

आगामी मंसिर १० गते हुनेृ प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि म्याग्दीमा मुख्य निर्वाचनको कार्यालय स्थापना गरिएको छ । आइतबार जिल्ला अदालतमा आयोजित कार्यक्रममा कार्यालय स्थापना संगै राजनीतिक दलका नेताहरूलाई मनोनयपत्र दर्ता, चुनावी प्रचारप्रसार लगाएत निर्वाचन सम्बन्धि विभिन्न विषयमा जानकारी गराइएको थियो ।

प्रतिनिधि सभाका लागि १ र प्रदेशसभा सदस्यका लागि २ निर्वाचन क्षेत्र तोकिएको जिल्लामा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने सबै राजनीतिक दलबाट सहकार्यको आवश्यकता रहेको जिल्ला न्यायाधिश एवम् मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए ।

निर्वाचनलाई आवश्यक तयारी सुरू भएको बताए ।कार्यालय स्थापनको अवसरमा प्रमुख जिल्ला अधिकारी केपी अधिकारी, प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले चुनावी आमसभा सहित राजनीतिक दलका सार्वजनिक कार्यक्रमहरुका बारेमा आवश्यक सहकार्य गर्न अनुरोध गदैं देशकै नमुना निर्वाचनको रुपमा म्याग्दीलाई चिनाउन समेत अनुरोध गरे ।

कार्यालय स्थापनाको अवसरमा राजनीतिक दलबाट आगामी कात्तिक ५ गते मनोनयन–पत्र दर्ताको समय ब्यवस्थापन, चुनावी आमसभाका बारेमा सुरक्षा निकायलाई पूर्व जानकारी, दलगत सहकार्य, आचारसंहितको पालना लगाएत चुनावी गतिविधिमा शान्ति सुरक्षामा कुनै असर नगर्ने गरी काम गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघिय समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ती पार्टीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । मुख्य निर्वाचन कार्यालयको स्थापना पछि मतदान केन्द्र, स्थल, सुरक्षाकर्मीको परिचालन लगाएत निर्वाचन सम्बन्धि तयारीले तिब्रता पाउने छ । मतदान सकिएपछि जिल्लाका ६ वटै स्थानीय तहका वडास्तरबाट यातायात र उच्च हिमाली क्षेत्रबाट हेलिकप्टरबाट समेत मतपेटिका ल्याउने कार्यालयले जनाएको छ । निर्वाचनको अवधिमा विभिन्न गैरसरकारी संस्था मार्फत अनुगमन, सुपरिवेक्षण र आवश्यक निगरानी समेत गरिने छ ।