मुनाबासी भन्छन्,‘भुइचालोले जमिन हल्लिन थालेपछि बाहिर निस्कियौं’

0
212

पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनाका वडा अध्यक्ष पुर्म पुन एक्कासी जमिन हल्लिन थालेपछि घर बाहिर निस्किए । विहान ५ बजे उठ्ने तयारी गरेका पुन भूइचालोले जमिन हल्लिएपछि आसपासका क्षेत्रमा समेत भूकम्पका बारेमा जानकारी लिए ।

‘ धेरैपछि भूकम्पको धक्का महसुस भयो, घर पनि हल्लिएको थियो’ पुनले बेनीअनलाइनलाई भने । ०७२ बैशाख १२ गते गएको भूकम्पपछि गाउँमा पहिलोपटक धक्का महसुस गरिएको बताउँदै मुनाका सबै बस्तीमा भुकम्पको महसुस गरिएको उनले बताए । मुना, फलिया गाउँ, दरका बासिन्दालाई सुरक्षित रहन समेत उनले अनुरोध गरेका छन् । ‘केन्द्रविन्दू नै घर आसपासमा भएको महसुस गरियो’ उनले भने।

नेपालमा गएको महाविनासकारी भूकम्पको केही महिना पछि समेत मुना आसपासका आवाज सहित जमिन हल्निने गरेको बताउँदै उनले भूकम्पबाट बेलाबेलामा धौलागिरि गाउँपालिकाबासी त्रसित हुनुपरेको समेत बताए । मुना, मुदी, हुदै धौलागिरि हिमालको फेदबाट तिब्वती फन्टलाईन भएकाले पनि देविस्थान देखी मुदीसम्मको क्षेत्रमा भूकम्पको धक्का महसुस हुने गरेको छ । उनले भूकम्पले क्षती पुगेको बारेमा जानकारी लिने प्रयास गरिएको बताए ।

त्यस्तै भूकम्पले जमिन हल्लिएपछि बालबालिका समेत घर बाहिर निस्किएका थिए । मस्त निद्रामा रहेकाहरु समेत जमिन हल्नि थालेपछि सुरक्षित स्थानमा आएको स्थानीयबासीले बताएका छन् । भूकम्पको धक्का, धौलागिरि, मालिका, मंगला गाउँपालिका विभिन्न बस्तीका साथै सदरमुकाम बेनी आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो ।

मुना आसपासमा ३ देखी ५ रेक्टरस्कल मुनिका भूकम्पको धक्का बेलाबेलामा जाने गरेको समेत भूकम्प मापद केन्द्रकका विज्ञ चिन्तन तिमिल्सिनाका अनुसार धक्का महसुस भएपनि आत्तिनुपर्ने अवस्था नरहेको बताए । ‘धेरै जोखिमपूर्ण क्षेत्र नभएपनि नेपालको इतिहासमा पश्चिम नेपालमा ठुलो भूकम्प गएको देखिन्छ । सर्तकता अपनाउदाँ राम्रो हुन्छ, धेरै त्रसित हुनुपर्ने अवस्था छैन‘ तिमिल्सिनाले भने ।

पश्चिम म्याग्दीको देविस्थान, ताकम, मुना, मुदी धौलागिरि अञ्चलमा भूकम्पको जोखिम क्षेत्रमा रुपमा चिनिन्छन् । दुईदशक यताको भूकम्पको केन्द्रविन्दुमा म्याग्दीको देविस्थान, ताकम, मुदीमा ४ रेक्टरस्केलको भूकम्प गएको देखिन्छ । केहीबर्ष अगाडी समेत देविस्थानलाई केन्द्रविन्दु बनाएर ४.३ रेक्टरको भूकम्प गएको थियो । भुकम्प विद्का अनुसार भूकम्पको फन्टलाईनमा धौलागिरि समेत पर्ने देखिएको छ ।

तिब्वत क्षेत्रबाट धौलागिरि हिमालको फेद हुदै एउटा फन्टलाइन रहेको बताइन्छ ।जसका कारण पश्चिम म्याग्दी र छिमेकी जिल्ला बागलुङमा दुईदशक यता ४ देखी ५ रेक्टरस्केलका भूकम्पको २० पटक धक्का महसुस भएको मापन केन्द्रको तथ्याङ्कले देखाएको छ । मुस्ताङ र पर्वतको तुलनामा म्याग्दी र बागलुङमा धेरै केन्द्रविन्दु रहेका छन् । दुईदशक यता धौलागिरि अञ्चलमा गएको सबैभन्दा ठुलो बागलुङको बोवाङलाई केन्द्रविन्दु बनाएर गएको ४.९ रेक्टरको भूकम्प हो । जसका कारण तत्कालिन समयमा बोवाङ आसपासका क्षेत्रमा भौतिक क्षती भएको थियो ।