मराङको बुलमा आगलागीबाट घर जलेर नष्ट

0

म्याग्दीको धौलागिरी गाउँपालिका-६ मराङ्ग,बुलका लालबहादुर छन्त्यालको घरमा आगलागी भएको छ। शनिबार दिउँसो करिब तीन बजेतिर घरमा अचानक घरमा आगलागी भएको हो ।छन्त्यालको घरमा आगलागी हुँदा छन्त्यालको घर पुर्ण रुपमा जलेर नस्ट भएको छ।आगलागी हुँदा तीन बर्षिय छोरी, गर्भवती श्रीमति र वृद्ध आमा सहित परिवार चुहिने पालमुनि रात काट्न बाध्य भएका छन।

आगलागीबाट छन्त्यालको घरमा भएको २५ हजार नगद सहित अन्न, लत्ताकपडा तथा सम्पुर्ण जलेर नस्ट भएको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले बताईन् ।‘परिवारको विचल्ली भएको छ । जिल्लाबाट पनि केही सहयोगको प्रयास गरिरहेका छौ’ उनले भनिन् । इलाका प्रहरी कार्यालय दरवाङबाट गएको टोलीले क्षतीको विवरण संकलन गरेको छ ।

प्रहरी पीडितलाई जिल्लाबाट समेत राहतको प्रयास भइरहेको जनाएको छ । पीडितको आर्थिक अवस्था कमजोर भएकाले सहयोगको याचना गरिएको छ । इलाका प्रहरी कार्यालय दरबाङ्गले जनाएको छ। इप्रकाका अनुसार सम्पुर्ण आगलागिबाट नस्ट भएपछि परिवार अहिले बिचल्लीमा परेका छन। दुर्गम भेगमा रहेको कारण राहत वितरण गर्न तथा उदार गर्न पनि कठिन हुने गरेको छ । साधन राम्जाली