बेनी बजारमा देखियो दुईवटा मुख र तीनवटा आँखा भएको गाई

0
384

लक्ष्मीपूजाको दिन नजिकिदै गर्दा म्याग्दीको सदरमुकाम बेनी बजारमा दुईवटा मुख र तीन वटा आँखा भएको गाईको दर्शन गर्न सर्वसाधारणको भीड लागेको छ । हेटौडाबाट नेत्रप्रसाद दाहालको नेतृत्वमा ल्याएको सो गाईका दुईवटा मुख र तीनवटा आँखा रहेका छन् । बेनी बजारमा पहिलो पटक यस्तो अद्भूत गाई देखिएपछि पैसा चढाएर ढोग गर्न सर्वसाधारणको भीड लागेको थियो।

बेनी सामुदायिक माविको अगाडी गाडीमा राखिएको सो गाईको दर्शन गर्न सोमवार दिनभरी दर्शनार्थीको भीड लागेको थियो।गौरी माता समूहले लक्ष्मीकी प्रतिक अदुभूत गाईलाई ट्रकमा राखेर देशैभरी घुमाउने बताइएको छ ।गाईलाई चोखो खानेकुरा र साधारण पानी नदिई मिनरलवाटर खुवाउने गरिएको वताईको छ । गाईलाई सोमवार दिनभरी वेनी सामुदायिक मावि अगाडी राखिएको थियो