एनआरएनएको यूरोप संयोजममा शिवकुमार बरुवाल र एसिया प्यासिफिक उपसंयोजमा विनोद कुँवर विजय
गैर आवासीय नेपाली संघ (एनआरएनए)को यूरोप संयोजक र एसिया प्यासिफिक उपसंयोजमा म्याग्देली निर्वाचित भएका छन् ।

काठमाण्डौमा सम्पन्न भएको आठौ विश्व सम्मेलनमा यूरोप संयोजमा अन्नपूर्ण गाउँपालिका–६ घार स्थायी घरभई हाल बेल्जियममा रहेका शिव कुमार बरुवालले १ सय ४२ मत र बेनी नगरपालिका–४ डाँडाखेत स्थायी घरभई हाल दक्षिण कोरियामा रहेका विनोद कुँवरले १ सय ४५ मत ल्याएर विजय भएका छन् । मोना बेल्जियमका संस्थापक अध्यक्ष एवम् बेल्जियमका लागि नेपाली पर्यटनदुत बरुवाल मोना अन्र्तराष्ट्रियका संस्थापक महासचिव समेत हुन् ।

बेल्नियमका सफल नेपाली ब्यवसायीमा पर्ने बरुवालले यूरोपमा नेपालको पर्यटनको प्रचारप्रसार तथा पर्यटकलाई नेपाल भ्रमणका लागि वातावरण बनाउन थप सहज भएको बताए ।‘अव थप सजिलो हुन्छ,एनआरएनए मार्फत पनि नेपालको पर्यटनको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउँछु’ बरुवालले बेनीअनलाइनलाई भने ।

उनले एनआरएनएको यूरोप संयोजकमा निर्वाचित बनाउन सहयोग गर्ने एनआरएनएकर्मी, पत्रकार लगाएतका शुभचिन्तकलाई समेत धन्यवाद दिए । त्यस्तै मोना कोरियाका सल्लाहकार एवम् मोना अन्र्तराष्ट्रियका निर्वतमान बरिष्ठ उपाध्यक्ष समेत कुँवर दक्षिण कोरियाका ब्यवसाय गर्छन् । जलविद्युत आयोजनाको प्रर्वधक समेत रहेका कुँवरले एसियामा एनआरएनको अभियानलाई प्रभावकारी बनाउने बताए । ‘मेरो जीत एसियामा रहेका नेपालीको जित हो ।

विजयका लागि सहयोग गर्ने सबैप्रति आभारी छु’ उनले भने ।यसैविच बेनपा–५ पुलाचौर हाल न्यूजिरल्याण्डमा रहेका लोकनाथ पौडेलले ओसिनिया उपसंयोजमा ८१ मत प्राप्त गरी बराबरी भएका छन् । पौडेल र उनका प्रतिद्धन्द्धी विच गोलाप्रथा गरिने भएको छ । म्याग्दी जिल्लाबाट विजय भएका उम्मेदवारले एनआरएनएको अभियानमा अगामी दिनमा समेत थप प्रभावकारी योजना सहित अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् । एनआरएनको राष्ट्रिय समितिमा समेत म्याग्देलीहरु विभिन्न पदमा नेतृत्व गरिरहेका छन् ।