विद्यालयको आम्दानी बढाउन चौरीपालन

0
314

जिल्लाका दुईवटा सामुदायिक विद्यालयले संयुक्त लगानीमा चौरीपालन गरी शैक्षिक क्षेत्रमा खर्च गर्ने गर्ेका छन् । अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारस्थीत खयरबराह क्षेत्रमा चौरीपालन गरी चौरीको आलो रगत र मासु विक्रीबाट बार्षिक हुने आम्दानीले निजी स्रोतका शिक्षकको तलवभत्ता, विद्यालयको भौतिक पूर्वाधार मर्मत, शैक्षिक साम्रागी खरिदका साथै विद्यार्थीको शैक्षिक क्षमता विकास सम्बन्धि विभिन्न गतिविधिमा खर्च गदैं आइरहेका छन्।

गाउँपालिको वडा नम्बर ५ मा रहेको पाउद्धार मावि र वडा नम्बर ८ मा अवस्थित हिमाञ्चल मावि नांगीले विद्यालयको आन्तरिक आम्दानीलाई दियो बनाउन करिव एक दशक अगाडी देखी चौरीपालन गदै आइरहेको पाउद्धार माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिमप्रसाद तिलिजाले बताए । ‘मनाङबाट ल्याएर चौरीपालन गरिएको छ, केहीबर्ष लगातार घाटा हुनुका साथै चरनक्षेत्रमा जोगाउनै मुस्किल भयो’ तिलिजाले भने। साउन र फागुन महिनामा चौरीको आलो रगत पिउने र मासु विक्रीबाट हुने आम्दानीलाई खर्च कटाएर दुईवटा विद्यालयले आम्दानी बाँडफाँड गर्ने गरेको बताए। १ सय ६८ वटा चौरीबाट बार्षिक १० लाख कारोबार हुने गरेको छ ।

दुईजना कर्मचारीलाई प्रति ब्यक्ति १२ हजार तलव, लत्ता कपडा, जंगली जनारवरको आक्रमणबाट जोगिने औजारका साथै खाद्य साम्रागी लगाएतका सुविधाहरू उपलब्ध गराउने गरेको सयुक्त चौरीपालक कृषक समुहले जनाएको छ । सामुदायिक विद्यालयलाई शिक्षकको दरबन्दी, सेवासुविधामा देखिएको समस्याले शैक्षिक क्षेत्रमा क्षती पुगेको भन्दै २०५३ मा परिक्षणका रुपमा म्यागासेसे पुरस्कार विजेता महावीर पुनको प्रयासमा चौरीपालन गरिएको थियो ।

मनाङ, मुस्ताङ र म्याग्दीको हिमाली क्षेत्रमा चौरीपालन सम्भव देखिएपछि दुवै विद्यालयले आफ्नो लगानीमा चौरी भित्राएका थिए । ‘दुई विद्यालयले आवश्यकता अनुसार चरनक्षेत्रमै पुगेर समेत समस्या समाधान गर्ने गरेका छौ । चौरीको मेला लाग्ने बेलामा दुई विद्यालयका प्रतिनिधिहरुको उपस्थिीति हुने गरेको छ’ हिमाञ्चल माविका प्रधानध्यापक रमन पुनले भने । उनले नीजीस्रोतका २÷२ वटा शिक्षक दरवन्दीलाई तलव बाहेक पनि शैक्षिक गतिविधिमा राहत मिलेको बताए । आर्युबेदिक र प्याथोलोजि उपचार पद्धतिबाट आजित भएका सर्वसाधाण नेपालका विभिन्न जिल्लाबाट आउने गरेको बताए ।

समुन्द्री सतह देखी ३७ सय ६० मिटरभन्दा माथीको उचाइका विभिन्न खर्कहरुका यार्सागुम्वा, निरमसी, लगायतका बहुमुल्य जडिबुटीहरु खाएका चौंरीको तातोतातो रगत पिएमा गानोगोला, तुस, अपच हुने, सारिरिक स्फुर्ती बढ्ने,हाडजोर्नी, नसासम्बन्धि रोग, यौनउत्तेजना बढ्ने भएकाले पनि चौरीको रगत र मासु खान पैदल, घोडामा खोप्रासम्म पुग्ने गरेका छन् । जिल्लामा पाउद्धारको खोप्रामा मात्रै चौरीपालन गर्ने गरिएको छ । एक चौरीगाईबाट २०–२५ गिलास र बढीमा ६०–६५ गिलास सम्म आलो रगत निकालेर पिउने गरिन्छ । एक गिलास रगतको १ सय रुपैयाँ लिने गरिन्छ । चौरीपालन आन्तरिक तथा बाह्य पर्यटकलाई हेर्ने अवसर समेत मिलेको छ ।चौंरीको घाँटीमा फलामको सानो र तिखो हतियार(चुलेसी)ले सानो प्वाल पारेर रगत निकाल्ने गरीन्छ ।

जिल्ला पशुसेवा कार्यालय म्याग्दीले गत आर्थिकबर्ष सम्म चौरीपालन कार्यक्रम अन्र्तरगत चरनक्षेत्रको खर्क सुधार, घाँस, पानीपोखरी, पाइपन खरिद, गोठ मर्मत तथा विस्तार, औषधी लगाएतमा बार्षिक ६ लाखसम्म बजेट विनियोजन गर्ने गरेको थियो । यता गाउँपालिकाले समेत चौरीपालनको सम्भावना रहेकाले सामुहिक एवम् ब्यक्तिगत रुपमा समेत चौरीपालनमा आर्कषित गर्न तालिम सहितका कार्यक्रमलाई प्राथमिकता दिने अध्यक्ष डम बहादुर पुनले बताए । ‘चौरीपालन कार्यक्रमलाई निरन्तरता दिनेछौ, समुदायलाई आत्मनिर्भर गराउने योजना प्राथमिकतामा छन्’ उनले भने । दुवै विद्यालयले चौरीपालनका साथै सामुदायिक लज, चिज उद्योग, आलु खेती र माछापालन समेत गरिएको छ ।

चितुवाको आक्रमणबाट बर्षेनी क्षती
चितुवाको आक्रमणबाट बर्षेनी चौरी मर्ने गरेको भन्दै गोठालाले चिन्तित भएका छन् । उच्च हिमाली क्षेत्रमा रहेको जलजला, रारावाङ, खोप्रा, चिन्डेखर्क, लहरेनी, खयरखोला लगाएतको चरन क्षेत्रमा रहेका याक, नाक (पोथी) चौरी चितुवाको आक्रमणबाट मर्ने गरेको बताउँदै चरन क्षेत्रमा कुकुर सहित अन्य सुरक्षाका माध्यमहरुको पहिचान गर्नुपर्र्नेमा संयुक्त चौरीपालन समितिका सदस्यहरुको भनाई छ ।

चितुवाको आक्रमण रोक्न संयुक्त चौरीपालन समितिले चौरीखर्क आसपासका क्षेत्रमा चौरीको ७ वटा गोठ, रेखदेख गर्न मासिक तलवमा दुई कर्मचारी नियुक्ती, चितुवाको बासस्थान भएको क्षेत्रमा चरन निषेध लगाएतका सुरक्षाको उपाय अपनाइएको छ । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्र्तगत पर्ने सो क्षेत्रमा एक दर्जनभन्दा बढि भेडी गोठ समेत रहेकाले हिम चितुवाले आक्रमण गर्ने गरेको छ ।एउटा चौरीको ५० देखि १ लाख सम्म पर्छ । विगत लामो समय देखि चौरीगोठालोका रुपमा काम गर्दै आएका सुकबहादुर पुनका अनुसार आक्रमणबाट जोगाउन बेलाबेलामा गोठ परिवर्तन समेत गर्ने गरिएको छ ।