गलेश्वरको जुवाघरमा प्रहरी छापा ९ जना पक्राउ

0
222

बेनी नगरपालिका–९ गलेश्वरमा जुवा खेलिरहेको अवस्थामा ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जुवातास लक्षित अभियान अन्र्तरगत गलेश्वरका दिपेन्द्र मगरको घरबाट ९ जनालाई जुवाखालबाटै नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक सन्तोष रोकाले बताए । ’जुवातासलाई निस्तेज बनाउने अभियान जारी छ ।

बेनीबजार बाहेकका क्षेत्रमा पनि हामीले निगरानी बढाएका छौ‘ रोकाले बेनीअनलाइनलाई भने । उनले अनुसन्धानकै क्रममा रहेको बताउँदै घरधनी बाहेकको नाम सार्वजनि नगरिएको बताए । जुवाडेलाई जुवा ऐन अन्र्तरगत कारवाही गरिने छ । जुवाघरमा प्रहरीले छापा मारेपछि भाग्न खोजेकालाई समेत नियन्त्रणमा लिएको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेको अवस्थामा प्रहरीले बजार क्षेत्रमा निगरानीका साथै होटल र जिल्लाको प्रवेशद्धारमा समेत नियमित गस्ती गरिरहेको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले बताईन् ।’जुवाडेलाई जसको दवाव आएपनि छोडिदैन्, जुवा खेल्नुसामाजिक अपराध हो’ प्रनाउ खड्काले भनिन् ।

उनले बेनीबजारका साथै जिल्लाका सबै गाउँबस्तीहरुमा जुवातास संगै अन्य चाडपर्वमा कुनैपनि अपराधिक घटना हुन नदिने गरी माईकिङ गरिएको बताईन् । गत शनिबा समेत बेनीबजारको पिपलचोकबाट ७ जनालाई नियन्त्रणमा लिइएको थियो । केही महिना अगाडी बेनीबजारको बैंकरोड नजिक घरकोतीन तलामा जुवाघर सञ्चालन गरिरहेकी एक महिला सहित ८ जनालाई पक्राउ गरी कारवाही गरेपछि प्रहरीलाई पक्राउ परेकालाई दवाव दिइएपनि कानुनी प्रक्रियामै लैजान थालेपछि जुवाखेल्नेहरुले समेत ठाउँ परिवर्तन गर्न थालेका छन् । पछिल्लो समय जुवातासमा संलग्नलाई कारवाही गर्न थालेपछि जुवाडेले दैनिक ठाउँ परिवर्तन गर्न थालेको प्रहरीले जनाएको छ ।