सुस्त मनस्थितीकी बालिकालाई जवरजस्ती करणी गर्ने पक्राउ

0
283

म्याग्दीको भकिम्लीमा एक बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ। बेनी नगरपालिका–३ भकिम्ली भुकभुके बस्ने १४ वर्षीया सुस्त मनस्थितीकी बालिकालाई बिहीबार जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेको प्रहरी निरिक्षक सन्तोष रोकाले बेनीअनलाइनलाई बताए ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३९ वर्षीया भिमबहादुर घर्ती क्षेत्री रहेका छन्। ‘गुनासो आएलगत्तै पक्राउ गरिएको छ । थप अनुसन्धान भइरहेको छ’ रोकाले भने । उनले आरोपीलाई म्याद थप गरी अनुसन्धान भइरहेको बताए । आरोपीलाई म्याद थप गरी अनुसन्धान भइरहेको बताउँदै पुष्टी भए जवरजस्ती करणीमा मुद्धा चलाउने प्रहरीले जनाएको छ ।