म्याग्दीको लोकसंस्कृतिको जर्गेना गर्न देउसीभैलो

0

रास्ट्रीय लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीले लोकसंस्कृतिको जर्गेना गर्न देउसीभैलो संचालन गरेको छ । लोकसंस्कृतिमा धनी जिल्ला भएपनि संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै प्रतिष्ठानले अक्षयकोषको स्थापना गरी जिल्लाका पुराना कला र संस्कृतिको जर्गेनाका साथै लोकसंगीतलाई थप प्रभावकारी बनाउन देउसीभैलोबाट आर्थिक संकलन सुरु गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्ण जिसीले बताए ।

‘हामीले संस्थागत गतिविधिलाई समेत केन्द्रित गरेर भैलो खेलेका छौ, लोक कलाकारहरुको उपस्थितिले पनि देउसीभैलोको महत्व झल्काएको छ’ जिसीले बेनीअनलाइनलाई भने । उनले कलाकार कल्याणकारी कोस स्थापनार्थ भैली संचालन गरी लोकगीत संगीत कै क्षेत्रमा लागेर जिबनयापन गरिरहेका कलाकाहरुको स्वास्थ्य र अन्य आपतकालीन अबस्थामा सहयोग पुराउने उद्देस्यले भैलो संचालन गरिएको बताए ।

प्रतिस्ठान म्याग्दीका संस्थापक अध्यक्ष किरण सापकोटाको घरबाट देउसी भैलो सुभारम्भ गरिएको थियो । कलाकारिताको क्षेत्रमा म्याग्दीबाट लागिपरेका व्यक्तिहरुलाई संस्थागत गर्नु पर्ने र एउटा छाता मुनि आबद्ध हुनु पर्ने आबस्यकता महसुस गर्दै सापकोटाले २०५८ सालमा म्याग्दीमा प्रतस्ठान गठन गर्नु भएको हो ।

यस अघि जिल्लामा प्रतिष्ठान गठन हुन सकेको थिएन सापकोटालाई देउसी भैलो सुभारम्भ कार्यक्रममा संन्स्थाका वर्तमान अध्यक्ष कृष्ण जिसीले खादा र अबिर लगाई सम्मान गर्नु भएको थियो । उद्घाटनको अवसरमा संस्थापक अध्यक्ष सापकोटाकी ममतामयी आमा र नजिकै रहेको जील्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राना लगायतलाई सम्मान गरिएको थियो सापकोटाले देउसी भैलो समुहलाई नगद १११५१ ९एघार हजार एक सय एकाउन्न ० रुपैया सहयोग गदैं जिल्लाको लोकसंस्कृतिको जर्गेनामा आफ्नो निरन्तर सक्रियता रहने बताएका थिए ।

पहिलो दिन मंगलाघाट क्षेत्रमा देउसी भैलो संचालन गरि ५४४५० चवन्न हजार चारसय पचास रुपिया संकंलन गरेको छ मंगलाघाट क्षेत्रमै लोक गीत संगीत र साहित्यमा दखल राख्नु हुने पुराना लोक गायक डम्मर बहादुर बानिया समेतलाई सम्मान गरेको थियो । कार्तिक १ र २ गते संचालन हुने देउसी भैलो कार्यक्रममा आफ्नो गच्छे अनुसार सहयोग गर्न अनुरोध समेत गरेका छन् ।