गोटीको प्रयोग गरी जुवा खेलिरहेका ८ जना प्रहरी नियन्त्रणमा

0
261

म्याग्दीको सदरमुकाम बेनी नगरपालिका–८ गणेशटोलमा क्वाईनको प्रयोग गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जुवातास लक्षित अभियान अन्र्तरगत म्याग्दी प्रहरीले अप्रेसनमा दुईजना महिला सहित ७ जना पक्राउ गरेको छ ।

गणेशटोलस्थित कुमारी पुनको घरबाट घरधनी पुन सहित ७ जना जुवाडोई नेपाली, भारतीय र जुवामा प्रयोग गरिने क्वाईन सहित पक्राउ गरिएको प्रहरी निरिक्षक सन्तोष रोकाले बताए । ‘क्वाईनको प्रयोग गरिएको भेटियो, जुवाडेको अनुसन्धान भइरहेको छ’ रोकाले भने । उनका अनुसार एक हप्तामा तीनस्थानबाट जुवाडे पक्राउ गरिएको बताए । विगतमा पनि सोही आसपासमा जुवातास खेलाउने गरिएको भन्दै प्रहरीलाई गुनासो गर्ने गरिएको थियो ।

जुवामा प्रयोग गरिएको गोटीका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ‘बेनीमा गोटीको प्रयोग गरी जुवा खेलाउने गरिएको भेटिएको छ । यसलाई आधुनिक जुवाघरको रुपमा लिएका छौ‘ अनुसन्धानमा खटिएको प्रहरीले भने ।गतबर्ष समेत प्रहरीले जुवाखालमा हस्तक्षेप गरेपनि जुवाडेलाई नियन्त्रणमा लिन सकेको थिएन् । प्रहरी जुवातास नियन्त्रण गर्ने विषेश अभियान सञ्चालन गरेपछि दैनिकजसो जुवाडे पक्राउ पर्न थालेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेको अवस्थामा प्रहरीले बजार क्षेत्रमा निगरानीका साथै होटल र जिल्लाको प्रवेशद्धारमा समेत नियमित गस्ती गरिरहेको छ । केही महिना अगाडी बेनीबजारको बैंकरोड नजिक घरकोतीन तलामा जुवाघर सञ्चालन गरिरहेकी एक महिला सहित ८ जनालाई समेत प्रहरीले क्वाईन सहित पक्राउ गरेको थियो ।

तीनतले घरको च्यानलगेट बन्द गरी तेस्रो तलामा बाहिरबाट ताल्चा लगाएर जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेपछि जुवातासमा प्रहरीले निगरानी बढाएको थियो । तास सहित विभिन्न रङका गोटीको प्रयोग गरी जुवा खेल्ने गरिएको छ । गोप्य स्थानमा नगद बाहेक जुवा खेलिरहेको अवस्थामा प्रहरीले जानकारी पाएपछि जुवाघरकी सञ्चालिक सहित प्रहरीले पक्राउ गरेपछि बेनीमा समेत क्वाईनको प्रयोग गरी जुवा सञ्चालन गर्ने गरिएको सार्वजनिक भएको थियो । प्रहरीले अनुसन्धानको क्रममा नियन्त्रणमा लिएकाहरूलाई कानुनी प्रक्रिया पुरा गरी छोड्ने गरेको छ ।

प्रहरीले उपलब्ध गराएको विवरण अनुसार एकहप्तामा बेनीबजारका दुईस्थान र गलेश्वरबाट गरी २३ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । बेनीबजारमा जिल्ला बाहिरबाट आएका र स्थानीय पेशेवरहरुले कौडा खेल समेत खेल्ने गरेको जानकारी प्रहरीले पाएपछि खोजीकार्यमा सादा पोशाकका प्रहरी समेत परिचालन गरेको छ ।

केही महिना अगाडी प्रहरीले बरामद गरेको क्वाईन । बेनीबजारमा हाईप्रोफाइलका जुवाडेहरुले क्वाईनेका प्रयोग गरी दैनिक हजारौं गुमाउने गरेको बताइन्छ ।