१६ वर्ष ६ महिनासम्म मौनव्रत

0
174

वाक्कलाले पूर्ण,शिक्षित र सवल मानिस आफ्ना विचार र कुराहरु अरुलाई व्यक्त नगरीकन कतिसमयसम्म मौन वस्न सक्छहोला ?एक दिन,दुई दिन वा वढीमा एक हप्ता ! तर ,यहाँका एकजना व्यक्ति १६ वर्ष ६ महिनासम्म मौन व्रतवसी हालै मात्र बोल्न थाल्नुभएको छ ।

सिन्धुली पुख्र्यौली घर भई मुस्ताङको कुञ्जो कागबेनीमा वसोवास गर्दै आउनुभएका बालब्रह्मचारी राम स्वरुपानन्द सरस्वती (मौन गुरु)ले २०५७ साल मंसिरदेखि २०७४ साल वैशाख २ गतेसम्म मौनव्रत लिनुभएको हो ।५२ वर्षिय बाल ब्रह्मचारी मौन गुरुले २०५७ साल मंसिर ४ गते मुक्तिनाथ मन्दिरमा देशमा शान्ति र आफूलाई आत्मज्ञान प्राप्त नहोउन्जेलसम्म मौन वस्ने संकल्प गर्नुभएको र सोही संकल्प अनुसार १६ वर्षसम्म मौनव्रत बसेको बताउनुभयो ।

मौनव्रतको अविधमा आँफू देशका विभिन्न धार्मिक स्थल,सामाजिक तथा मानवीय संघसंस्था र ऐतिहाँसिक स्थलहरुको भ्रमण गरेको उहाँको भनाइ छ ।

भ्रमण र अध्ययनबाट जीवन र जगतलाई बुझ्ने दृष्टिकोणमा परिवर्तन आउनुका साथै संविधान सभाको निर्वाचन सम्पन्न भई देशमा नयाँ संविधान जारी भएपछि शान्ति स्थापना हुने विश्वास सहित १६ वर्षदेखिको मौनव्रत भङ्गगरी सामाजिक जीवनमा प्रवेश गरेको उहाँले बताउनुभयो ।

बेनी बजारमा भेटिनुभएका मौन गुरुले कुरा गर्दै २०७२ सालको महाभूकम्प पछि नेपालीको मनमस्तिष्कमा सेवाभावको विकास भएको छ भन्नुभयो । जीवनमा अशक्त,दीनदुखी र असहायको सेवा गर्दा मिल्ने स्वआनन्द संसारको कुनै धनसंग पनि तुलना हुन नसक्ने उहाँले बताउनुभयो । उहाँले माओवादी यूद्धको क्रममा सरकारी र माओवादीले सुराकीको आरोप लगाएर सताउने गरेको समेत बताउनुभयो । सदरमुकाम देखी ग्रामिण क्षेत्रसम्म राज्य र विद्रोही पक्षबाट निकै सास्ती र यातना दिने गरेपनि आफुँले मौनब्रत नतोडेको बताउनुभयो ।

नेपालमा अव शान्ति स्थापना भैसकेको र समृद्धिको बाटोलाई पच्छ्याउँदै अघि बढ्नुको विकल्प नभएको बताउँदै मौन गुरुले भन्नुभयो—“आफ्नो लागि पनि सोचौं अलिकति,त्यो भन्दा बढि समाज र देशका लागि सोचौं,हामीले चाहेको

शुख,शान्ति,समृद्धि र विकास हाम्रो सकारात्मक सोंच र कर्मठ पाखुरीबाट नै प्राप्त हुन्छ ।”अवको बाँकी जीवन दुःखी,गरिब र असहायहरुको सेवामा लगाउने प्रतिज्ञा गर्नुभएका मौन गुरुले परसेवा नै जीवनको उच्चतम् उपलब्धी भएको बताउनुभएको छ । मौनब्रत तोडेपछि आफुँले भोगेको समस्याका बारेमा समेत उहाँले सुनाउँदै हिड्नुभएको छ । धार्मिक भ्रमणमा नै ब्यस्त रहने उहाँले मौनवत्रलाई देशमा शान्ति स्थापना र नेपालीको दुखकष्ट अन्त्यको कामना समेत गरेको बताउनुभयो ।धु्रबसागर शर्मा