प्रतिनिधिसभा र प्रदेशसभा बाम तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रबाटले उम्मेदवार टुंगो लगाउन आवश्यक तयारीलाई तिब्रता दिएका छन् । साना दललाई सिट छुट्टाएर एमाले–माओवादी विच ६०÷४० सिट भागबन्डा गर्ने सहमति संगै प्रतिनिधिसभा सदस्यमा एक निर्वाचन क्षेत्र रहेको म्याग्दी भागबन्डामा माओवादीले पाउने सहमति भएको स्रोतलाई उल्लेख गदैं अनलाइनखवरमा समाचार प्रकाशित भएको छ ।

प्रदेश नम्बर ४ मा गोरखा पछि बलियो उपस्थिती रहेको म्याग्दीलाई माओवादीले आफ्नो पक्षमा ल्याउन जिल्ला कमिटीले समेत केन्द्रमा सिफारिस सहित लविङ समेत गरेको थियो । माओवादी जनयूद्धको सबैभन्दा ठुलो भौजी आक्रमण भएको म्याग्दीलाई जनयूद्धको एतिहाँसिक जिल्लाको रुपमा समेत माओवादीका केन्द्रिय नेताहरुले बताउँदै गरेको अवस्थामा दोस्रो संविधान सभाको निर्वाचनमा समेत माओवादीले लोकेन्द्र बिष्ट मगरलाई उम्मेदवारी बनाएको थियो ।

जिल्लाको इतिहासमै पहिलोपटक बाहिर जिल्लाबाट उम्मेदवार ल्याएर समेत अभ्यास गरेको माओवादीले यसपटक विभिन्न सञ्चारमाध्यममा बाम तालमेलमा माओवादीलाई प्रतिनिधिसभा सदस्यमा धौलागिरिबाट म्याग्दी र पर्वत मध्ये एक पर्ने निश्चित भएको बताइरहेको अवस्थामा उम्मेदवार टुंगो लगाउने अन्तिम चरणमा म्याग्दीमा माओवादीले सहमति जनाएको बताइएको छ ।यद्पी आधिकारिक धारणा सार्वजनिक नभएपनि जिल्लामा समेत माओवादीलाई प्रतिनिधिसभा सदस्य र एमालेलाई दुईवटा प्रदेशसभा परेको चर्चा चल्ने गरेको थियो ।

२०६० चैत्र ७ गते माओवादीले म्याग्दी आक्रमण गरेपछि राजनीतिले फरक मोड लिएको बताउने माओवादीका नेताहरुले म्याग्दीमा आफ्नो उपस्थिीतिले जनयूद्धका उपलब्धीलाई पनि संस्थागतमा बल पुग्ने बताउँने गरेका छन् ।माओवादीबाट प्रतिनिधिसभा सदस्यमा जिल्लाबाट नेतृत्वले अवसर पाए पहिलो संविधान सभाको निर्वाचनमा अत्याधिक मत ल्याएर विजय भएका गोविन्द पौडेल करिव निर्विरोध जस्तै छन् । पौडेलसंगै इच्छा ब्यक्त गरे राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मिन बहादुर श्रेष्ठलाई समेत अगाडी ल्याउन सकिने चर्चा पनि छ । श्रेष्ठले आफ्नो तत्काल योजना नभएको बताएका छन् भने माओवादीका प्रभावशाली नेता अमृत शेरचनले पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

पार्टीले दवाव दिएमा शेरचन, पौडेल र श्रेष्ठ मध्ये एकजना तालमेलबाट बन्ने उम्मेवदार बन्ने देखिन्छ । त्यस्तै अन्तिम समयमा प्रतिनिधिसभा एमालेको भागमा परे क्षेत्र नम्बर १ बाट प्रदेश सभामा यूवा नेता विनोद केसीको चर्चा सुरु भएको छ भने क्षेत्र नम्बर २ मा पुनम खड्काको चर्चा रहेको छ ।

केसी र खड्का सहिद परिवारका सदस्य समेत हुन् । केसीले जनयूद्धमा आफ्नो दाई मदन केसीलाई गुमाएका छन भने खड्काले आफ्नो पिता संस्थापक नेता नन्द बहादुर, बहिनी सृजनालाई शिखमा नेपाली सेनाले हत्या गरेको थियो । दुवै यूवाहरु माओवादीका सक्रिय नेता भएकाले पनि एमालेको भोटबाट जित्न सकिने माओवादीको बुझाई छ । यता माओवादी र एमालेका जिल्लास्तरका नेताले सञ्चारमाध्यममा प्रकाशित भएपनिे भागबन्डाका बारेमा आधिकारिक जानकारी नआएको बताएका छन् ।