म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको सम्भावनाको प्रचारप्रसारका लाागि दुईवटा गित र म्यूजिक भिडियोको छायांकन गरिएको छ ।

विश्वमै प्रख्यात राउण्ड धौलागिरि पदमार्ग अन्र्तरगत पर्ने मुदीको पर्यटनक, कृषि, जडिबुटी सहितको प्राकृतिक सौन्दर्यताको प्रचारप्रसारका लागि धौलागिरि यूवा क्लव मुदीको ब्यवस्थापनमा दुईवटा म्यूजिक भिडियोको छांयाङन गरिएको हो । ’गाउँको चिनारी‘ गीतमा रजनी राईको स्वर, सुनिल घर्तीमगरको शब्द, लय देव पुन. संगीत एलकी पुनको रहेको आर्थिक ब्यवस्थापक लोकमान चोचाङ्गेले बताए । 

मुदी गाउँ, खेतबारी वरपरको स्थलहरुमा छायांकन गरिएको म्यूजिक भिडियोले मुदीको थप प्रचारप्रसार गर्न सजिलो भएको उनले बताए । त्यस्तै लोकप्रिय सालैजाको समेत छांयाङन गरिएको छ । स्थानीयबासीको सहभागिता र अभियन समेत रहेको सालैजोले मुदीको पुरानो कला र संस्कृतिको जर्गेनामा समेत ठुलो भूमिका खेल्ने बताइएको छ । सालैजो गीतमा राम्जी खाँड, देवि घर्ती मगरको स्वर रहेको छ । लोकसंगीतमा निकै लोकप्रिय गायकगायिकाको स्वरको शब्द सुनिल घर्तीमगर, संगीत एल बी पुनको रहेको छ ।

स्थानीय कलाकारका साथै बृद्धबृद्धाहरुको समेत उपस्थिती रहेको गीतले भाषा, कला र संस्कृतिको पहिचान, प्रर्वधन तथा मुदीका सबै बस्तीहरुलाई गीतको माध्यमबाट समावेश गरिएको छ।मुदी, खिवाङ् नेरवाङ, चेचुङ, बगर लगाएतका बस्ती रहेको मुदीको बगर र नेरवाङमा रहेको तातोपानी कुण्डलाई स्थान दिइ्रएको छ । एकैपटक दुईवटा गीतबाट मुदीको सौन्दर्यता र सम्भावना भिडियोमा पोखिएको छ ।

जिल्लामै यार्सागुन्बुको प्रमुख स्रोत मानिएको सेतो दुंगा, बुकी, धौलागिरि बेसक्याम्पका साथै मुदी मालिका कोट लगाएतका धार्मिकस्थलहरुले समेत गीत राम्रो बनाएको मुदीबासीको भनाई छ । मौसम पाइजा पुनको निर्देशनमा मुदीको चिनारी गीतमा लोकदेवी फगामीस्, करुणा जुग्जाली रहेका छन् भने सालैजोमा योगेन्द्र घर्तीमगर र अरुणा जुग्जालीको अभियन रहेबको छ ।

म्यूजिक भिडियोमा प्रथम धौलागिरि यूवा क्लवका साथै लालिगुराँस, धौलागिरि, मालिका सिमपानी,बयसधारा, जनशक्ती र धौलागिरि गाउँपालिकाका साथै विदेशमा रहेका नेपालीले समेत सहयोग गरेका छन् । जिल्लामा धेरै पर्यटक आवतजावत गर्ने धौलागिरि गाउँपालिकाका अन्य बस्तीहरुको ब्यापक प्रचारप्रसार गर्नुपर्नेमा जोड दिइएको छ। म्यूजिक भिडियो छांयाङ्कनको क्रममा स्थानीयले उत्साहजनक सहभागिता जनाएका थिए ।