केहीबर्ष अगाडीसम्म म्याग्दीमा पराजित हुने नेताको रुपमा नरदेवी पुनलाई उदाहरण दिने गरिन्थ्यो । २०५६को संसदीय निर्वाचन र २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा पराजित भएपछि एमालेभित्र नरदेवीको दिन सकिए भन्दै टिकाटिप्पणी गर्नेमा एमालेका विचार बोक्नेहरू पनि उत्तिकै थिए ।

एमालेभित्र मात्रै नभई जिल्लाकै प्रभावशाली महिला नेतृका रुपमा चिनिने पुनलाई राजनीतिका निस्कृय, पार्टीको जिम्मेबारीका बारेमा समेत पार्टीभित्र र बाहिर निकै चर्चा हुने गरेको थियो । दुईवटा निर्वाचन र पार्टीको तत्कालै भएको जिल्ला अधिवेशनबाट समेत पुनले खोजेको स्थानमा अवरोध गर्नेहरुबाट केहीसमय बाहिर बस्दा उनलाई राजनीतिकबाट बाहिरिएको आरोप लगाउनेहरुले एमालेभित्रबाट अवसर र राजनीतिका पुनः सक्रियतामा प्रश्न गर्नेहरूको संख्या धेरै थियो ।

तर, निरन्तरको सक्रियता र लोकप्रियताले नरदेवीको राजनीतिमा कुनै असर गरेन् । दुईवटा विषयमा स्नातकोत्तर गरेकी पुनले पिएडीसम्मको अध्यायनलाई अगाडी बढाउने सोचमा रहेकी पुनले दोस्रो संविधान सभामा समानुपातिकबाट सांसद भएपछि राजनीतिमा अवसरको पछाडी नभई निरन्तर सक्रिय भए अवसर आफै पछाडी लाग्छ भन्ने सन्देश समेत प्रवाह गर्न सफल भईन् । एकपटकको त्यागले हजार अवसरहरु आउँछन भन्ने पुष्टी केपी ओली प्रधानमन्त्री हुदाँ विना चर्चा राज्यमन्त्रीको जिम्मेबारी सम्हालेर देखाएसंगै पुनको भएकी राजनीतिले फरक मोड लिएको छ ।

२०४२मा शिक्षकको स्थाई पद छाडेर राजनितिमा सक्रिय पुनले आफ्नो लागि राजनीति जीवनको एकमात्रै विकल्प भएको बताईन्। ’मैले राजनीतिमा लागेर कहिल्यैपनि कमाउने माध्यम खोजिन्, जनताको मन जित्नु नै मेरो एउटै लक्ष्य बन्यो’ उनले भनिन् । राज्यमन्त्रीमा सांसदहरुको हल्ला चलिरहेको अवस्थामा पुनले नियुक्ती लिएपछि उनको अभियानले फरक यात्रा तय गरेको थियो । अहिले पनि उनलाई प्रदेशको मन्त्रीको चर्चा एमाले भित्र बहसको रुपमा उठेको छ ।

संविधान सभामा १४ हजार ४५३ मत ल्याएकी पुनले दोस्रो संविधान सभामा समानुपातिक उम्मेदवारका रुपमा प्रत्यक्ष निर्वाचित एमाले उम्मेदवार नवराज शर्माले भन्दा धेरै १६ हजार ६७७ ल्याएर आफ्नो लोकप्रियतालाई थप प्रष्ट पारेकी थिईन् । जिल्लाको मंगला गाउँपालिका १ कुहुँको भर्जुला स्थायी घर भएकी पुनलाई शुक्रबार नेकपा एमालेले प्रदेशसभा सदस्यमा म्याग्दीको पश्चिम क्षेत्रमा पर्ने मंगला, मालिका र धौलागिरि गाउँपालिका समेटेको प्रदेशसभा सदस्य क्षेत्र नम्बर २ बाट उम्मेदवारी बनाएको छ ।