कांग्रेसका अमलालले सुरू गरे पश्चिम म्याग्दीमा चुनावी अभियान

0

अगामी मंसिर १० गते हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसबाट प्रदेश नम्बर २ बाट उम्मेदवारी बनेका क्या. अमलाल फगामीले चुनावी अभियान सुरू गरेका छन् । नेपाली कांंग्रेस म्याग्दीबाट निर्विरोध भएका फगामीले मंगला, मालिका र धौलागिरि गाउँपालिकामा पार्टीको कार्यकर्ता, शुभचिन्तकबाट अभियानको सुरु गरेका हुन् । भारतीय सेनाबाट अवकश लिएपछि राजनीतिमा सक्रिय भएका फगामीले पश्चिम म्याग्दीमा राजनीतिबाट समाजसेवामा सक्रिय हुन उम्मेदवारी दिएको बेनीअनलाइनलाई बताए ।

’मैले जनताको सेवाका लागि उम्मेदवार बनेको छु । पश्चिम म्याग्दीबासीले मलाई विश्वास गनुहुनेछ‘ उनले भने । जिल्लामा सर्वसम्मति भएलगत्तै आफ्नो जन्मभुमी देविस्थानबाट अभियानको सुरुवात गरेका फगामीले मालिका, मंगला र धौलागिरि गाउँपालिकका कार्यसमिति मार्फत चुनावी योजना बनाउन सुरु गरेको छन् । २०५४ सालमा अवकाश लिएपछि पार्टीको सदस्यता लिएका फगामीले २०५६ सालमा स्वर्गिय नारायण सिंह पुनको चुनावी अभियानमा पश्चिम म्याग्दीमा परिचालन भएका थिए ।

इमान्दार र भूपुहरुमा लोकप्रिय रहेका फगामीले भारतीय सेनामा हुदाँ समेत गान्धी विचारबाट प्रभावित भएको बताउँछन् । ’राजनीति सेवा हो, म्याग्दीमा पैसा कमाउन राजनीति गरेजस्तो देखिन्छ । विकासमा पनि पश्चिम म्याग्दी धेरै पछाडी छ‘ उनले भने । जलविद्युत, पर्यटन, ग्रामिण कृषि लगाएतका रोजगारमुलक कार्यहरुलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने बताए ।

नेपाली कांग्रेस म्याग्दीका जिल्ला कार्यसमिति सदस्य समेत रहेका फगामीले दुर्गमबस्तीमा रहेका जनतालाई आवश्यक पर्ने आधारभुत आवश्यकतालाई पुरा गर्ने प्रतिबद्धता समेत जनाएका छन् । उनले मनोनयन दर्ता लगत्तै आफ्नो चुनावी अभियानलाई तिब्रता दिने बताए । बाम तालमेलबाट पूर्वराज्यमन्त्री नरदेवी पुनसंग भिड्ने फगामीले राजनीतिलाई जनताको इमान्दारिता संग तुलनाा गदैं जनताको घरदैलोबाटै आफ्नो चुनावी अभियान सुरु हुने बताए ।

उनले जनताको घरदैलोमा पुग्ने गरी अभियान सञ्चालन गर्ने बताए । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकामा नौहजार ६४३ मतदाता रहेकोमा चारहजार ९६९ महिला र चारहजार ६७४ जना पुरुष, मंगलामा ११ हजार ५८८ मतदातामध्ये महिला ६ हजार ८६ र पुरुष पाँचहजार ५०२ जना, ११ हजार ३१४ जना मतदाता रहेको मालिका गाउँपालिकामा महिला पाँचहजार ७२४ र पुरुष पाँचहजार ५९० जना रहेका छन् ।