आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि आईतबार म्याग्दीमा विभिन्न राजनीतिक दलका १९ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साँझ ५ बजेसम्म १८ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी खेमराज पाठकले जानकारी दिनुभयो ।

सूचना अधिकारी पाठकले दिएको जानकारी अनुसार एक मात्र निर्वाचन क्षेत्रहरुको प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट पार्टी सभापति खमवहादुर गर्वुजा,नेकपा एमालेको तर्फबाट भुपेन्द्रवहादुर थापा,नयाँ शक्तीबाट नारायण शर्मा, राप्रपा (प्रजातान्त्रिक)बाट रुपनारायण श्रेष्ठ,मंगोलियन नेशनल अर्गनाइजेशनबाट रनवहादुर फगामी,एकिकृत राप्रपाबाट रामवहादुर शाही,राष्टिय जनमुक्ति पार्टीबाट तिलकवहादुर थापामगर,राष्टिय जनमोर्चाबाट फौजवहादुर दर्जीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी प्रदेशसभा क्षेत्र नं १ मा माओवादी (केन्द्र)वाट विनोद केसी,राष्टिय प्रजातन्त्र पार्टीबाट भीमप्रसाद गौचन,राप्रपा(प्रजातान्त्रिक)बाट बलवहादुर सुनार र स्वतन्त्रबाट नेत्रवहादुर महत,केपी अधिकारी र कर्णवहादुर भण्डारी (के.वी)ले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रदेशसभा क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट अमलाल फगामी पुन,नेकपा एमाले बाट नरदेवी पुन र राप्रपा प्रजातान्त्रिकबाट तुलाराम दमाई,राष्टिय जनमुक्ति पार्टीवाट खमवहादुर रोका र राष्टिय जनमोर्चावाट रमेशकुमार पुनलेले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।