म्याग्दी ७ मंसिर । द्वन्द्वकालमा सदरमुकाममा बस्दै आएका म्याग्दी जिल्लाका गाविस सचिवहरु सरकारले गाउँ जान निदर्शन दिएपनी अझै
गाउँ फर्केका छैनन् । ग्ााविस सचिव गाउँ नजाँदा मालपोत जन्म मृत्यु विवाह दर्तालगायतका नियमित काममा समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।  गाविस सचिव गाउँ नगएका कारण सामान्य कामका लागिपनी तीन चार हिडेर ४÷५ हजार रुपैयाँ खर्च गरि सदरमुकाम आउनुपर्ने बाध्यता हटेको छैन् । ग्ााउँमा नगई सदरमुकाममा बस्ने सचिवहरु खोजेको समयमा नभेटिदाँ अत्यन्त दुःख भोग्नुपरेको सर्बसाधारणहरुले बताएका छन् । सचिव समयमा नगएकै कारण गाउँमा किसानले पाँच÷छ बर्षदेखि मालपोत पनि बुझाउन
नपाएको गुनासो गर्छन् । देशमा शान्ति स्थापना भई द्धन्द्धरतपक्षबिच बृहत शान्ति सम्झौता भएको २ बर्षबितीसक्दा पनि म्याग्दीका धरैजसो गाविस सचिवहरु सदरमुकाममै भेटिन्छन् ।
सन्तोष गौतम

विज्ञापन