गठबन्धन बनाएर निर्वानमा होमिएका दलहरुलाई आफ्नैबाट बढी चुनौती देखिएको छ।आइतबार मनोनयन दर्तापछि म्याग्दीका बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई आफ्नैबाट चुनौती थपिएको देखिएको छ। प्रतिनिधीसभाका लागि म्याग्दीबाट नेपाली काँग्रेसबाट सभापति खम्बीर गर्बुजा, वाम गठबन्धनबाट एमालेका भुपेन्द्र थापा, राप्रपा प्रजातान्त्रिकबाट रुपनारायण श्रेष्ठ, एकिकृत राप्रपा राष्ट्रबादीबाट रामबहादुर शाही र मँगोल नेशनल अर्गनाइजेशनबाट रनबहादुर फगामी,

राष्ट्रिय जनमुक्ति पार्टीका तिलकबहादुर थापा र राष्ट्रिय जनमोर्चाबाट फौदबहादुर कार्कीले उम्मेदवारी दर्ता गरेको छन्। त्यस्तै, प्रदेशसभा सदस्यका लागि क्षेत्र नं १ मा काँग्रेस-राप्रपा गठबन्धनबाट भीमप्रसाद गौचन, वाम गठबन्धनबाट माओबादी केन्द्रका विनोद केसी, राप्रपा प्रजातान्त्रिकबाट बलबहादुर सुनुवार, स्वतन्त्र उम्मेदवारका रुपमा नेत्र बहादुर महत र कर्णबहादुर भण्डारी (केवी)ले उम्मेदवारी दिएका छन्।

महत नेपाली काँग्रेस म्याग्दीका पूर्वसहसभापति र भण्डारी जिल्ला सदस्य हुन्। महत र भण्डारीले राप्रपासँग गठबन्धन अपवित्र भन्दै स्वतन्त्र उम्मेद्वारी दिएको बताएका छन्।क्षेत्र नं २ मा काँग्रेसको क्या. अमलाल फगामी, बाम गठबन्धनबाट एमालेकी नरदेवी पुन, राप्रपा प्रजातान्त्रिकबाट बलराम दमाइ र स्वतन्त्रबाट एमाले निकट केपी अधिकारीलको उम्मेदवारी परेको छ।

उनले द्धन्द्धकालमा मारिएका आफ्नो बुबाको सम्मान र माओबादीसँगको गठबन्धन विरुद्ध उम्मेदवारी दिएका जानकारी दिएका छन्। दलहरुले मनोनयन दर्ता गर्नुपूर्व आ-आफ्नो पार्टी कार्यालयबाट र्‍याली निकालेका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी निर्वाचनका लागि म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता रहेका छन्।जिल्लाभर ७२ मतदान स्थल र १०२ मतदान केन्द्र छन्। मंसिर १० मा हुने मतदानका लागि क्षेत्र नं र१ म ४२ हजार ९ सय ८३ र क्षेत्र नं २ मा ३२ हजार ५ सय ४५ मतदाता छन्।