उम्मेदवारी दर्तासंगै चुनावी अभियानमा जुटे दल

0
199

आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि हिजो उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेसंगै आजदेखी चुनावी प्रचारप्रसारमा जुटेका छन् । मनोनयन दर्ता गरेसंगै दलहरु चुनावी रणनीति, योजना र कार्यकर्ता परिचालन सहितको योजनाहरुमा केन्द्रित भएका छन् ।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न वडास्तर, घरदैलो लगाएतका अभियानका बारेमा पार्टीमा छलफल सुरु भएको छ।

राजनीतिक दलले स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष सहितको टोलीलाई परिचालन गर्ने गरी योजनाहरु बनाइरहेका छन् । त्यस्तै चुनावी माहोल आफ्नो पक्षमा ल्याउन विभिन्न योजनाहरु सहित मैदानमा उत्रिर्ने तयारीमा रहेका दलहरुले सोमबार आन्तरिक तयारीलाई समेत तिब्रता दिएको छ ।प्रतिनिधिसभा र प्रदेशसभाका लागि चुनावी अभियानमा जुटेका दलले वडास्तरबाटै अभियानको सुरुवात गर्ने बताएका छन् ।

बाम र लोकतान्त्रि गठबन्धन विचको तालमेलबाट निर्वाचनमा होमिएका राजनीतिक दलले आफ्नो अस्तित्व जोगाउने गरी मैदानमा उत्रिएका छन् ।एमाले माओवादी बाम गठबन्धन र नेपाली कांग्रेस—राप्रपा प्रजातान्त्रिक को चुनाली तालमेल भएपनि कांग्रेसका दुईजनाले स्वतन्त्र उम्मेदवारी दिएकालाई फिर्ता ल्याउनका लागि समेत प्रयास जारी छ । स्वतन्त्रले चुनावी अभियानलाई नै प्रभावित बनाउन सक्ने भएकाले एमाले र कांग्रेसका बागीहरुलाई मैदानबाट फिर्ता ल्याउन दुवै दलले प्रयास सुरु गरेका छन् ।

जिल्लाभर ७२ मतदान स्थल र १०२ मतदान केन्द्र छन् । बेनी नगरपालीका, रघुगंगा र अन्नपूर्ण गाउँपालीका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर १ मा ४२ हजार ९९३ र मंगला, मालीका र धौलागिरी गाउँपालीका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर २ मा ३२ हजार ५४५ जना मतदाता रहेकाले धेरै मतदाता भएका क्षेत्रहरु दलको आर्कषण भित्र परेका छन् ।

एक मात्र निर्वाचन क्षेत्रहरुको प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट पार्टी सभापति खमवहादुर गर्वुजा,नेकपा एमालेको तर्फबाट भुपेन्द्रवहादुर थापा, नयाँ शक्ती पार्टीबाट नारायण शर्मा,राप्रपा (प्रजातान्त्रिक)बाट रुपनारायण श्रेष्ठ,मंगोलियन नेशनल अर्गनाइजेशनबाट रनवहादुर फगामी,एकिकृत राप्रपाबाट रामवहादुर शाही,राष्टिय जनमुक्ति पार्टीबाट तिलकवहादुर थापामगर,राष्टिय जनमोर्चाबाट फौजवहादुर दर्जीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी प्रदेशसभा क्षेत्र नं १ मा माओवादी (केन्द्र)वाट विनोद केसी,राष्टिय प्रजातन्त्र पार्टीबाट भीमप्रसाद गौचन,राप्रपा(प्रजातान्त्रिक)बाट बलवहादुर सुनार र स्वतन्त्रबाट नेत्रवहादुर महत,केपी अधिकारी र कर्णवहादुर भण्डारी (के.वी)ले र केपी अधिकारीले वारेसमार्फत उम्मेदवारी दर्ता गरे । प्रदेशसभा क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट अमलाल फगामी पुन,नेकपा एमाले बाट नरदेवी पुन र राप्रपा प्रजातान्त्रिकबाट तुलाराम दमाई,राष्टिय जनमुक्ति पार्टीवाट खमवहादुर रोका र राष्टिय जनमोर्चावाट रमेशकुमार पुनलेले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।