आधुनिक जीवन शैली, खानपान र विभिन्न कारणले कलिलो उमेरमै कपाल गुमाउनु परेको पीडा धेरैले खेपिरहेका छन् । यस्तो समस्या समाधानका लागि कपाल प्रत्यारोपण गर्ने प्रविधिबाट धेरैले सेवा लिरहेका छन्. । कपाल प्रत्यारोपण प्रति आम सर्वसाधारणको आकर्षण बढ्दो रहेको बिशेषज्ञहरुको भनाइ छ ।

कपाल झरेर बजारमा बिभिन्न कपाल उमार्ने तेल खोज्दै हिड्नेहरुका लागि अब चिकित्सा विज्ञानले छुट्कारा दिलाएको छ । झरेको कपाल फर्काउन प्रविधिको विकास भएको छ । यो प्रविधि नेपालमा भित्रिएको छोटो समय मै सफल मानिएको छ । एकपटक खर्च गरेर स्थायी समाधान हुने कपाल प्रत्यारोपणबाट लाभ उठाउने हवात्तै बढेका छन् । प्रत्यारोपण यस्तो आधुनिक विधि हो, जसको माध्यमद्वारा छोटो समयमै कपाल पुनः उमार्न सकिने चिकित्सकको भनाई छ ।

कपाल प्रत्यारोपण गर्दा टाउकाको पछाडिपट्टिको भागको कपाल निकालेर कपाल झरेको भागमा एक–एकवटा रोपिन्छ । मेसिन बाट प्रत्यारोपण गर्दा केहि सहज हुन्छ र एक–दुई दिन मात्रै दुख्ने हुन्छ . सामान्य रगत मात्र बग्छ , चाँडै निको हुने कारण काममा चाँडै फर्कन
सर्जरीको माध्यमबाट कपाल प्रत्यारोपण गर्दा मानिसलाई बेहोस बनाउनु पर्दैन ।

कपाल निकाल्ने र प्रत्यारोपण गर्ने भागमा अस्थायी एनेस्थेसिया दिएर प्रत्यारोपण गर्न सकिन्छ । यसरी रोपेको कपाल २ देखि ३ हप्ता पछाडि झर्छ । तर १० देखि १६ हप्ताको बीचमा कपाल अझ बाक्लो भएर उम्रिन्छ । २ हजारवटा ग्राफ्ट कपाल प्रत्यारोपण गर्न ६ देखि ८ घण्टाको समय लाग्छ । ट्रान्सप्लान्ट गरिसकेको १ वर्षसम्म एक प्रकारको औषधि प्रत्यारोपण गरिएको क्षेत्रमा लगाउन सुझाव दिइन्छ । जसले ट्रान्सप्लान्टेड कपालमा रक्त सञ्चार गर्न र कपाल छिटो बढन् मद्धत गर्छ ।

प्रत्यारोपण पश्चात कपाल रोपिएको क्षेत्रमा दुःखाई महसुस हुन सक्छ । जुन व्यक्तिपिच्छे फरक हुन्छ । केहीमा आँखा सुनिने हुन्छ, जुन एक हप्ता जतिमा हराएर जान्छ । प्रत्यारोपण गरिएको कपाल ४८ देखि ७२ घण्टा पछि बढ्न शुरु हुन्छ । ५ महिना पछि कपाल कटाउन मिल्ने हुन्छ । करिब एक वर्ष भित्र कपाल बाक्लो भएर आउँछ र मुन्डन गरेपनि फेरि कपाल पलाइरहन्छ ।