मुटुसम्बन्धी रोगबाट पीडित म्याग्दीको बेनी नगरपालिका–७ का बाबुराम शाक्यलाई मङ्गलबार आर्थिक सहयोग भएको छ । म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको पहलमा जिल्लास्थित विभिन्न सहयोगी व्यक्तिहरुबाट आर्थिक सङ्कलन गरी सहयोग हस्तान्तरण गरिएको हो ।

मुटुको भल्ब खराब भई अप्रेशन गर्नुपर्ने भएपछि शाक्यको उपचारका लागि नगद ५५ हजार रुपैयाँ सङ्कलन गरी सहयोग गरिएको ओमकुमारी शान्ति कोषले जनाएको छ । कोषका सदस्य सचिन शाक्यको संयोजनमा आर्थिक सङ्कलनसहित पीडितलाई उपचारका लागि सहयोग गरिएको बताइएको छ ।