लोकतान्त्रिक गठबन्धनको पाउद्धार र शिखमा चुनाबी आमसभा

0

काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा मँगलबारदेखि चुनाबी अभियान सुरु गरेका छन् ।दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत पाउद्धारमा वडास्तरीय आमसभा सम्पन्न भएको छ।  पाउद्धार वडा सदस्य धन बहादुर पाईजाको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान सांसद रेशम बहादुर बानियाँले प्रदेश र प्रतिनिधि सभा चुनावमा लोकतान्त्रिक गठबन्धनलाई बिजय बनाउन अनुरोध गरे ।

उनले समृद्ध म्याग्दीको योजना सहित अगामी पाँचबर्षसम्म जिल्लाका सबै क्षेत्रमा विकास निर्माण, विद्युतीकरण लगाएतका जिल्लाका आवश्यकतालाई पुरा गर्ने बताए । नेपाली काँग्रेस म्याग्दीका सभापति एवँ प्रतिनिधीसभा सदस्य निर्वाचनका उम्मेदवार खमबीर गुर्बजाले सांसदको सुविधालाई समेत जनताको आवश्यकतामा खर्च गर्ने घोषणा गरे ।

‘मैले पैसा कमाउन राजनीतिमा लागेको छैन, दुर्गमबस्तीसम्म विकास पुग्ने गरी काम गर्नेछु‘ उनले भने । सांसदको तलव, भत्ता र अन्य सुविधालाई सांसद भवनबाटै गरिव तथा विपन्न परिवारको हितमा पुग्ने गरी हरेक गाउँपालिकामा एउटा आपत्कालिन कोष र शिक्षाको कोष स्थापना गरिने उनले बताए । म्याग्दीका साथै संसारभरी रहेका म्याग्देलीलाई समेत उक्त कोषमा आर्थिक सहयोग गर्ने अनुरोध गरी समस्यामा परेका म्याग्देलीलाई तत्कालै राहतको ब्यवस्था मिलाउने गरी काम गर्ने बताए ।

‘मैले बोलेको पुरा गरेको छु, अव पनि गर्नेछु’ उनले भने । विगतमा कम्प्युनिष्टहरुले जितेपनि जिल्लाले कुनै विकासको अनुभुति गर्न नपाएको र जिल्ला पछि परेको र अब जिल्लाको विकास र नीति निर्माण तहमा निर्णायक भूमिका खेल्न आफ्नो उम्मेद्वारी दिएको उनले बताए । ‘जनताको नै सेवा गर्छु भनेर मैले युरोप विकास र समृद्धि छोडेर आएको हुँ । अब भने यो अवसर दिनुहुनेछ, तपाँईको भोट दुरुपयोग मतबाट हुनेछैन’, उनले थपे ।

कार्यक्रममा गठबन्धनबाट राप्रपाका जिल्ला अध्यक्ष बिर बहादुर थापाले अहिलेको चुनावमा तोकतान्त्रीक गठबन्धनले जित्नेमा कुनै आशंका नरहेको भन्दै ढुक्क भएर लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गरे । ‘अव लोकतान्त्रिक गठबन्धनबाटै देशको भविस्य सम्भव छ । अत्याधिक मतले विजय बनाउनुपर्छ उनले भने । कार्यक्रममा तरुन दलका अध्यक्ष मुकुन छन्त्याल, नेपाली काग्रेसका जिल्ला सदस्य मनकुमारी बिक ओम छन्त्याल, लगायतले मन्तव्य राखेका कार्यक्रमको सञ्चालन नेबि संघका जिल्ला सचिव चक्र केसीले मन्तब्य राखेका थिए ।

त्यस्तै शिखमा पनि कार्यकर्ता भेला सम्पन भएको छ । शिख एकाई सभापती तिर्थ पुर्जाको सभापतित्व रहेको कार्यक्रममा वडा सदस्य धन बहादुरको स्वागत रहेको थियो । कार्यक्रमा बोल्दै क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यका उम्मेदवार भीमप्रसाद गौचनले विगतमा आफुले योगदान दिएको भन्दै त्यसलाई बढावा दिन आफुले उम्मेदवारी दिएकोे बताए ।

त्यस्तै खम्वीर गर्बुजा, रेशम बाँनिया, जिल्ला सदस्य कर्ण भण्डारी (केवी), क्या. बल बहादुर तिलिजा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन नवराज गबुजाले गर्नु भएको थियो । त्यस्तै क्षेत्र नं २ मा प्रदेशसभा सदस्यका उम्मेदवार क्या. अमलाल फगामीको नेतृत्वमा घण्टावाङ र भेडीखाल्टामा घरदैलो गरिएको छ । टोलीमा मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद रोका, काँग्रेस नेता लोक मल्ल लगायतको सहभागिता छ ।