म्याग्दी उवासंघको अध्यक्षमा कर्माचार्य निर्विरोधको सम्भावना

0

म्याग्दी उद्योग वाणिज्य संघको १० औं अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्र्य निर्विरोध अध्यक्ष हुने सम्भावना देखिएको छ ।आगामी शनिबार हुने २४ औ बार्षिक साधारणसभा एवम् १० औ अधिवेशनलाई सर्वसम्मति बनाउन भइरहेका छलफल तथा बैठकमा सहमतिको अधिवेशनका लागि सबैले प्रतिबद्धता जनाएपछि कर्माचार्यको अध्यक्षमा निर्विरोध नयाँ कार्यसमिति चयन हुने म्याग्दी उद्योग वाणिज्य संघ स्रोतले जनाएको छ ।

२०६० सालमा सदस्यता लिएका कर्माचार्यले दुईकार्यकाल कार्यसमिति सदस्य, सहसचिव, द्धितिय उपाध्यक्ष, प्रथम उपाध्यक्ष हुदै अहिले बरिष्ठ उपाध्यक्ष भएका थिए । करिव डेढदशक निजी क्षेत्रमा आवद्ध भएका कर्माचार्यले समेत जिल्लाको उद्योग ब्यापार तथा निजी क्षेत्रको गतिविधिलाई थप प्रभावकारी बनाउन सर्वसम्मतिमा कार्यसमिति चयनको प्रस्ताव गरेका थिए ।

त्यस्तै बरिष्ठ उपाध्यक्ष, प्रथम, द्धितिय, महासचिव, कोषाध्यक्ष, सचिव, सहसचिव, सह कोषाध्यक्ष लगाएत कार्यसमितिका कुल ३७ पदलाई समेत सहमतिबाटै चयन गर्ने गरी पुर्व अध्यक्ष सहितको टोलीले सक्रियता देखाएको छ ।‘हामीले सहकार्य गरी जिल्लामा धेरै काम गनुपर्नेछ । मलाई सबैको सर्मथन हुने छ‘ उनले भने। एक जिल्ला एक उत्पादन कार्यक्रमको संयोजक सहित विभिन्न जिम्मेबारी समेत सम्हालेका कर्मचार्यले उद्योग, ब्यापारी संगै जिल्लाको हितमा हुने विभिन्न कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

संघको ईतिहासमा एकपटक निर्वाचन भएपछि सबै कार्यकाल सर्वसम्मतिमा चयन भएको छ । स्थानीय तहको निर्वाचन लगत्तै जिल्लाको मालिका बाहेक अन्य गाउँपालिकामा समेत ईकाईको स्थापनाको माग भइरहेको छ । नयाँ कार्यसमितिको चयनका लागि संघभित्र बहस भइरहेको छ । यसैविच साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्न महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्र प्रसाद ढकाल आउने महासचिव राजेश शाक्यले बताए । बेनी सामुदायिक विद्यालयको प्राङ्गनमा हुने उद्घाटन सत्रको तयारी अन्तिम चरणमा पुगेको छ ।