जनतालाई दिएको प्रतिबद्धता पुरा गरेरै छाड्छु :खम्वीर

0

काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले म्याग्दीले उत्तरी म्याग्दीमा चुनावी अभियानलाई तिब्रता दिएको छ । मँगलबारदेखि दानाबाट सुरु गरिएको अभियान अन्र्तरगत दाना, शिख, हिस्तान र राम्चेका विभिन्न स्थानमा शुक्रबार पहिलो चरणको अभिया सक्ने नेपाली कांग्रेसका यूवा नेता ओम छन्त्यालले बताए । ‘उत्साहजनक उपस्थिती छ, चुनावी अभियानमा रातीसम्म जनताले साथ दिनुभएको छ’ छन्त्यालले भने ।

उनले चुनावी आमसभामा जनताको उत्साहजनक उपस्थितीले उत्साहित भएको बताउँदै मतदातालाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार खम्बीर गर्बुजाले निर्वाचित भएपछि सरकारी सुविधा जनताको आवश्यकतामा खर्च गर्ने गरी कोष स्थापना गरिने प्रतिबद्धताले समेत उत्साह थपेको उनले बताए । कांग्रेसले वडास्तरमा चुनावी अभियानलाई तिब्रता दिएको छ । शुक्रबार राम्चेमा कार्यक्रम गरी सदरमुकाम बेनी फर्कने टोलीले आइतबार देखी थप योजना सहित अभियान सञ्चालन गर्ने नेपाली कांग्रेस सचिवालयले जनाएको छ ।

दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत अन्नपूर्ण गाउँपालिकामा जनताले उठाएका विकासे योजनाहरुलाई समेत टिपोट गरिएको बताए । अभियानमा पाली काँग्रेस म्याग्दीका सभापति एवँ प्रतिनिधीसभा सदस्य निर्वाचनका उम्मेदवार खम बहादुर गुर्बजा (खम्वीर),निवर्तमान सांसद रेशम बहादुर बानियाँ, अन्नपूर्ण गाउँपालिकाका प्रमुख डम बहादुर पुन, गठबन्धनबाट प्रदेश सभा सदस्यमा राप्रपाकाबाट उम्मेदवार बनेका भिम प्रसाद गौचनले राज्यबाट पाउने सेवासुविधालाई जनताको हितमा प्रयोग गर्ने बताए । उनीहरुले लिखित प्रतिबद्धता समेत जनाएका थिए ।

‘मैले गरेका सबै प्रतिबद्धताहरु पुरा गर्नेछु । सांसद भएर ब्यक्तिगत लाभ लिनु छैन’ उनले भने । सांसदको तलबबाट आएको मासिक सुविधालाई पाँचबर्षसम्म हरेक गाउँमा खर्च गर्ने उनले बताए । अभियानमा राप्रपाका जिल्ला अभ्यक्ष वीर बहादुर थापा, नेपाल तरुन दल म्याग्दीका अध्यक्ष मुकुन छन्त्याल,नेपाली काग्रेसका जिल्ला सदस्य मनकुमारी बिक, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेबीसंघ म्याग्दीको निर्वतमान अध्यक्ष भरत बहादुर रकाल लगाएत रहेका छन् ।

त्त्यस्तै क्षेत्र नं २ मा प्रदेशसभा सदस्यका उम्मेदवार क्या. अमलाल फगामी र मालिका गाउँपालिका प्रमुख श्रिप्रसाद नेतृत्वको टोली पनि मल्कावाङ र मलम्वपारमा आमसभा सहित घरदैलो कार्यक्रम गरेको छ । टोलीले पहिलो चुनावी अभियान अन्र्तरगत मुदी, मुना, लुलाङ, गुर्जा, ताकम लगाएतका क्षेत्रमा पुगेर फर्कने टोलीले जनाएको छ । म्याग्दीमा कुल ७५ हजार ५ सय ३८ जना मतदाताहरुको नामावली कायम गरिएको हो । कुल मतदातामध्ये ३९ हजार ४ सय ३५ महिला, ३६ हजार १ सय २ जना पुरुष र एकजना तेस्रोलिङ्गी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।