मंगला गाउँपालिका–५ काचेबगरमा एकजनाको शव भेटिएको छ । म्याग्दी खोलामा भेटिएको बेवारिसे शव मालिका गाउँपालिका–६ अल्काचौर निवासी नरप्रसाद गुरूङको भएको बताइएको छ । साविकको दरवाङ गाविस साविक– ३ का गुरूङले खोलामा हाम फालेर आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

खोलामा बेवारिसे अवस्थामा शव भेटिएपछि स्थानीयबासीले प्रहरी चौकी बावियाचौरलाई खवर गरेका थिए ।बिहिबारबाट हराइरहेका गुरूङको खोजी भइरहेको थियो । मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुबेदीले परिवारले पहिचान गरेको बेनीअनलाइनलाई बताए । स्थानीयबासीको अनुसार उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । शव पोष्टमार्टमका लागि बेनी अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।