लोकतान्त्रिक गठबन्धनको काफलडाँडा र राम्चेमा चुनावी आमसभा

0
297

लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा आज अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा चुनावी आमसभा सम्पन्न गरेको छ । काग्रेस नेतृत्वको गठबन्धनले चुनावी आम सभालाई तिब्र बनाएको छ ।

दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत अन्नपूर्ण गाउँपालिका काफलडाँडामा कर्वाकेली संरक्षण समितीका सचिव रबी गर्बुजाको स्वागत, र नेपाली काँग्रस काफलडाँडाका निर्वतमान एकाई सभापति कर्ण बहादुर पुर्जाको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्याग्दीका सभापति एवँ प्रतिनिधीसभा सदस्य निर्वाचनका उम्मेदवार खम बहादुर गुर्बजा (खम्वीर)ले सम्बोधन गरेका थिए ।

उनले पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण रहेको कर्वाकेलीलाई स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगबाट भएको संरक्षणलाई निरन्तरता दिने गरी पर्यटकको समेत आर्कषण बढाउने अभियानमा सक्रियता देखाउने प्रतिबद्धता जनाएका थिए। उनले जिल्लामा आवश्यक पर्ने विभिन्न योजनाहरुमा आफ्नो भिजनलाई कार्यान्वयन गरी सांसदबाट प्राप्त हुने तलवसुविधालाई समेत अक्षय कोष बनाई नगरपालिका र गाउँपालिका मार्फत गरिव तथा विपन्न बर्गको हितमा प्रयोग गर्ने प्रतिबद्धता जनाए । ‘पाँचबर्ष मलाई काम गर्ने अवसर दिनुहोस्, सांसद भएपछि सबै सुविधा जनताको हितमै खर्च गर्नेछु’ उनले भने ।

जिल्लाको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र यातायातको क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको भन्दै निर्वाचनमा विजय भएर अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना सहितको लिखित प्रतिबद्धता म्याग्देली मतदाता समक्ष गर्न तयार रहेको उनले बताए । कार्यक्रममा गठबन्धनबाट राप्रपाकाबाट उम्मेलवार बनेका भिम प्रसाद गौचनले लोकतान्त्रिक गठबन्धन जनताको हितका लागि भएको बताए । ‘मैले अन्तिम पटक तपाईको सेवाका लागि चुनावी मैदानमा छु । मैले जिल्लाको विकासका लागि आफ्नो सक्रियता देखाएको छु’ उनले भने ।

उनले आफ्नो कार्यकालमा भएका धेरै विकास निर्माणका योजनाहरु अहिले पनि रहेको बताउँदै सन्ततीलाई समेत पुग्ने गरी थप विकासका कामहरु गर्ने आफ्नो चाहना रहेको बताए । कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष वीर बहादुर थापा, नेपाली काग्रेसका जिल्ला सदस्य मनकुमारी बिक, ओम छन्त्याल, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेबीसंघ म्याग्दीको निर्वतमान अध्यक्ष भरत बहादुर रकाल, नेबीसंघका युवा नेता भलक जिसी लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन नेबिसंघ जिल्ला सचिब चक्र केसीले गरेको थिए ।

अभियानमा रहेको टोलीलाई काफलडाँडाका स्थानीयले बाजागाजा सम्मान गरेका थिए । त्यस्तै अन्नपूर्ण गापाकै राम्चेमा पनि कार्यकर्ता भेटगाट तथा आमभेला सम्पन भएको छ । नेत्र बहादुर गर्बजाको सभापतित्व भएको कार्यक्रममा खम बहादुर गर्बुजा, क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यका उम्मेदवार भीमप्रसाद गौचनल, भरत बहादुर रकाल, मन कुमारी बिक, झलक जिसी, लगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन नेबीसंघ म्याग्दीका सचिव चक्र केसीले गरेका थिए ।