अव आर्थिक एजेण्डामा ध्यान केन्द्रित गर्नुपर्छः ढकाल

0
195

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निर्वाचनले लगानीकर्ता उत्साहित भएको बताए ।अस्थीर राजनीतिले विकास निर्माण प्रभावित हुनुका साथै लगानी भित्राउन समस्या भएको बताए । शनिबार म्याग्दी उद्योग वाणिज्य संघको २४ औ बार्षिक साधारण सभा तथा १० औ अधिवेशनको उद्घाटन गदै ढकालले राजनीतिक दलको सहकार्यबाट देशमा लगानीमैत्री वातावरण बनाउन सहज हुने बताए ।

‘अव आर्थिक मुद्धामा केन्द्रित हुनुपर्छ ।त्यसका लागि सबैको सहकार्य आवश्यकता छ’ढकालले भने । तीनदशकसम्म अस्थीरतका कारण सोचेजस्तो लगानी नभएको बताउँदै ढकालले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आर्कषित गर्नेगरी सरकारले सहजीकरण गनुपर्ने बताए ।

राजनीतिक मुद्धाले देशको आर्थिक क्षेत्रलाई ओझेलमा पारेको बताउँदै ढकालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लगत्तै आर्थिक एजेण्डालाई प्राथमिकतामा दिए निजी क्षेत्रको अगुवाईमा देशभर विभिन्न क्षेत्रमा लगानी बढ्ने बताए । उनले प्रदेश नम्बर ४ जलविद्युत, कृषि, पर्यटनमा प्रचुर सम्भावना भएको प्रदेश भएकाले नेपालकै नमुना प्रदेश बनाउन सम्भावनायूक्तमा स्थानीय लगानीकर्तासंग सहकार्य गर्न तयार रहेको बताए ।

म्याग्दीकै अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणधिन अवस्थामा रहेको ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत आयोजनको लगानीकर्ता समेत रहेका ढकालले म्याग्दीमा विद्युत र पर्यटनको क्षेत्रमा लगानी केन्द्रित गर्न समेत अनुरोध गरे । उनले विद्युत उत्पादनले देशभित्र ठुला उद्योग, कलकारखानको स्थापना हुने बताउँदै विद्युतमा लगानीकर्ता आर्कषित भइरहेको बताए ।‘विदेशमा गएका यूवाहरूलाई समेत स्वदेशमै फर्कने वातावरण बन्दैछ । रेमिट्यान्स पठाउने यूवाहरुले आफ्नै गाउँमा उद्यमी बन्नुपर्छ’ उनले भने ।

ग्लोवल आईएई बैंकका अध्यक्ष समेत रहेका ढकालले बैंकबाट समेत उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिने बताए । उनले श्रम ऐनले देशभित्र समेत रोजगारीको ढोका खोलेको बताए ।उद्योग वाणिज्य महासंघ मार्फत विभिन्न जिल्लामा उत्पादनमुखी क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु सञ्चालन गरिरहेको बताएका थिए ।

उद्घाटन कार्यक्रमको अवसरमा उपभोक्ता हकहित संरक्षण मञ्चका अध्यक्ष ठहरबहादुर भण्डारी, पत्रकार महासंघका जिल्ला अध्यक्ष तारानाथ शर्मा, पूर्व अध्यक्ष सुर्दशन कुमार श्रेष्ठ,कुविर कुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नम्बर ४ संयोजक सञ्जिव कोईराला, राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष छवी विश्वकर्मा, राप्रपाका अध्यक्ष विर बहादुर थापा, नेकपा माओवादी केन्द्रका नेता किरण थापा, नेकपा एमालेका सचिव बालकृष्ण सुबेदी, नेपाली कांग्रेसका कोषाध्यक्ष टंक हमाल, निर्वतमान सांसदद्धय नवराज शर्मा, रेशम बहादुर बानियाँ, पहिलो संविधान सभाका सदस्य गोविन्द पौडेल, महासंघका केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठ, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले मन्तब्य राखेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष जीवन कुमार विश्वकर्माले तीनबर्षे कार्यकालमा उत्तरी देश चीनसंग जोडिएको कोरला नाका सञ्चालन, सिसी क्यामेरा जडान, बेनी बजार संरक्षण अभियान, एक गाउँ एक उत्पादन लगाएत विभिन्न लोकप्रिय कार्यक्रमहरु गरिएको बताए ।

उनले नीजि क्षेत्रको समस्यालाई केन्द्रित गरी कर सम्बन्धि कार्यक्रम, सामाजिक लगाएतका परोपकारी अभियानमा समेत सहयोग गरिएको बताए । कार्यक्रमको स्वागत बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्य र सञ्चालन महासचिव राजेश शाक्यले गरेका थिए । अधिवेशनमा आर्थिक प्रतिबेदन दिपेन्द्र श्रेष्ठले प्रस्तुत गरेका थिए भने प्रगति प्रतिवेदन समेत बन्दसत्रबाट पारित गरिएको छ । अधिवेशनबाट उत्तम कर्माचार्यको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन हुने जनाइएको छ ।