म्याग्दीको मंगला गाउँपालिका ४ बरंजाको झाँक्रेपानी सोलधारमा आईतबार बेलोरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।बरंजादेखि बेनीतर्फ आउँदै गरेको ध १ ज ६०१ नम्बरको जिप उकालो बाटोमा गियर परिवर्तन गर्ने क्रममा ब्याक भएर पल्टीएर दुर्घटना हुँदा चालक सहित पाँच जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

चालक बेनपा ३ का २७ वर्षिय बिष्णु श्रीस, मंगला गाउँपालीका ४ की २१ वर्षिय ललिता रोका, २१ वर्षिया आयुशा रोका, ४० वर्षिया शुशीला रोकालाई थप उपचारका लागि पोखरा रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिव पाठकले बेनीअनलाइनलाई बताए । घाइतेको अवस्था खतरामुक्त छ । म्याग्दीमा बोलेरो दुर्घटना बढेको छ । जिल्लाका ग्रामिण क्षेत्रमा गुड्ने बोलेरोलाई चेकजाँच नहुदाँ दुर्घटना बढेको यात्रुको भनाई छ ।