म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा कर्माचार्य

0

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा उत्तमकुमार कर्माचार्य निर्विरोध निर्वाचित भएका छन् । निजी क्षेत्रका छाता संगठन संघको २४ औ साधारणसभा तथा दशौं अधिवेशनबाट कर्माचार्यको अध्यक्षमा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

जिल्लामा उद्योग,ब्यापारीको हकहितका साथै सामाजिक कार्यमा समेत सक्रिय रहेको संघको सदस्यहरूमा बेलबहादुर कटुवाल, सुबिन श्रेष्ठ, राजेश शाक्य, लिलाराम गौतम, सुवर्ण रिजाल, ईश्वर श्रेष्ठ, अमित बानिया, ठाकुरप्रसाद शर्मा, नारायण जिसी, तारानाथ रेग्मी, राजकुमार श्रेष्ठ, गोपाल पौडेल, चन्द्र बराईली, बाबुराम आचार्य, सुमन श्रेष्ठ, खेम केसी,कमल विश्वकर्मा, गोपाल रेग्मी, बोमबहादुर केसी, भुमिराज सापकोटा, याम बहादुर खड्का, गोपाल प्रसाद रेग्मी, अन्जित खान लगाएतका रहेका छन् ।

अधिवेशनबाट निवर्तमान अध्यक्ष जिवनबहादुर विश्वकर्मा, महिला उद्यम विकास समितिका सभापती, दरवाङ ईकाईका सभापती र बस्तुगततर्फबाट पुस्तक तथा स्टेशनरी व्यवसायी संघ पदेन सदस्य रहने कार्यसमिति सदस्य राजेश शाक्यले बताए । उनका अनुसार निर्वाचन समितिको पहिलो बैठकले बरिष्ठ उपाध्यक्ष, प्रथम, दितृय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहसचिव र ६ जना सदस्य मनोनित गर्ने बताए ।

विभिन्न पदमा मनोनित हुनेको सहमति भइसकेको छ । नवनिर्वाचन अध्यक्ष कर्माचार्यले जिल्लाको उद्योग, ब्यापारका साथै लगानी भित्राउन समेत आवश्यक पहल गर्ने बताए ।‘मैले अघिल्लो कार्यकालका योजनाहरुलाई समेत निरन्तरता दिनेछु ।नयाँ योजनाहरुमा समेत मेरो प्राथमिकता हुन्छ’ उनले भने । २०६० सालमा संघको सदस्यता लिएका कर्माचार्यले लगातार विभिन्न पदमा रहेर काम गरेको अनुभव समेत छ ।

उनले एक जिल्ला एक उत्पादन अन्र्तरगत जिल्लाको ग्रामिण क्षेत्रमा टिम्बुर खेती विस्तार, छिमेकी राष्ट्र चीनसंग सिमा जोडिएको कोरला नाका सञ्चालनमा समेत भूमिका खेलेका थिए । शनिबार सम्पन्न संघको अधिवेशनको नेपाल उद्योग वाणीज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल र प्रमोद श्रेष्ठले उद्घाटन गदैं निर्वाचनले लगानीको वातावरण बनाउने बताएका थिए । म्याग्दी उद्योग वाणिज्य संघले जिल्लामा हरेक तीनबर्षमा म्याग्दी महोत्सव तथा आन्तरिक पर्यटनको प्रर्वधन, स्थानीय उत्पादनको बजारीकरण लगाएतका कार्यहरु गर्ने गरेको छ ।