लोकतान्त्रिक गठबन्धनको बरंजामा आमसभा

0
194

लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा चुनावी आमसभा अभियानलाई तिब्र बनाएको छ । अभियानको क्रममा आइतबार बरंजामा आमसभा तथा मतदाता भेटगाट कार्यक्रम गरेको छ ।

म्याग्दीका दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत मंगला गाउँपालिका–४ एकाई सभापति कृष्ण केसीको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्याग्दीका सभापति एवँ प्रतिनिधीसभा सदस्य निर्वाचनका उम्मेदवार खम बहादुर गुर्बजा (खम्वीर)ले म्याग्दीको विकासका लागी आफ्नो कार्ययोजनालाई प्रयोग गर्ने अवसर दिन मतदातालाई अनुरोध गरे ।

उनले जनतालाई सुविधा उपलब्ध गराउँछु भन्दा विपक्षीले अनावश्यक प्रचारप्रसार गरेको बताउँदै सांसद भएपछि प्राप्त सम्पुर्ण सुविधा जनताको हितमा खर्च गर्ने बताए । उनले सुविधासहित थप सहयोगबाट अक्षय कोषको स्थापना गरी जिल्लाको अति आवश्यकतालाई समेत पुरा गर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाली काग्रेसका प्रदेश क्षेत्र न २ का उम्मेदवार अमलाल फगामीले विकासमा पश्चिम बेग पछि परेको बताउदै आफले त्यसको विकासमा लागी पर्ने बताए । विगतमा पश्चिम क्षेत्रबाट सांसद बनेकाहरुले आफ्नो ब्यक्तिगत लाभका लागि अनावश्यक रुपमा बजेट खर्च गरेको सबै तथ्य सार्वजनिक भएको बताउँदै पश्चिम म्याग्दीको सडक, शिक्षा, रोजगार, लगाएतका क्षेत्रमा एकबर्ष भित्र नै परिवर्तनको अनुभुती दिलाउने बताए ।

त्यस्तै कार्यक्रममा राप्रपाका क्षेत्र न २ का उम्मेदवार भिम प्रसाद गौचनले बरंजामा आफुले गरेको कामको मुल्याङन गर्दै मतदान गर्ने बताएका छन् । उनले मतदातालाई एकपटक लोकतान्त्रिक गठबन्धनलाई सहयोग गरेर देखाउन समेत अनुरोध गरे । उनले आफ्नो कार्यकालमा भएको विकास र अहिलेको विकास गर्ने नेताहरुमा फरक देख्न मतदातालाई अनुरोध गदै खम्बीर गर्बुजालाई विजय बनाउन र सम्रग जिल्लाको नेतृत्वको अवसर दिन समेत अनुरोध गरे ।

कार्यक्रममा काग्रेसका युवा नेता तथा महाधिवेसन प्रतिनिधि भरत बहादुर रकाल, निर्वतमान माननिय साम्सद रेशम बहादुर बाँनिया, अजयमिलन श्रेष्ठ, तरुण दल अध्यक्ष मुकुन छन्त्याल, बेनी नगरपालिका प्रमुुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सन्जु बरुवा, ओम छन्त्यालले मन्तव्य राखेको कार्यक्रम राप्रपामा योगेन्द्र शेरचनले गरेका थिए । उत्तरी म्याग्दीको अभियान सकेर पश्चिम म्याग्दीमा केन्द्रित भएको छ ।