मैले एकपैसा भष्ट्रचार गरेको भए उम्मेवारी नै रद्ध गर्नेछु : गौचन (भिडियो)

0
225

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवम् प्रदेशसभा म्याग्दी क्षेत्र नम्बर–१ का उमेद्वार भिमप्रसाद गौचनले जिल्लाको विकासमा जनप्रतिनिधिहरुले खासै भूमिका खेल्न नसकेपछि आफुँ राजनीतिमा सक्रिय भएको बताएका छन्।

पञ्चायतकालमा आफुँले गरेका विकास निर्माणका कार्यक्रमहरुको आलोचना गर्नेलाई विकास निर्माणका योजनाहरूमा एक रुपैयाँ पनि भ्रष्टचार गरेको प्रमाण दिएमा उम्मेदवारी रद्ध गरी घाँटी रेटेर आत्महत्या गर्ने बताए ।

सोमबार पत्रकार सम्मेलनमा पूर्वराज्यमन्त्री समेत रहेका गौचनले नाफाको जीवन विताइरहेको बताउँदै आफ्नो कार्यकालमा भएका योजनाहरुको मर्मतसम्भार तथा नयाँ योजनाहरु पुरा गर्ने बताए । ७७ वर्षको उमेरमा समेत राजनीतिमा होमिनुपर्ने अवस्था जनप्रतिनिधिको भूमिका मात्रै निभाएका नेताहरुको कारण भएको बताउँदै जनताले देख्ने गरी काम गर्ने प्रतिबद्धता समेत जनाए ।

जिल्लामा अहिलेसम्मका जनप्रतिनिधिहरुले खासै विकासका योजनाहरूलाई ब्यक्तिगत स्वार्थमा केन्द्रित गरेको बताउँदै घोडेटो बाटो, पुल, खानेपानी र विद्यालय स्थापना गरि विकासमा महत्वपूर्ण योगदान गरेको बताउँदै आफूले चुनाव जितेमा पाँच बर्षमा जिल्लाका सबै गाउँबस्तीमा सडक, जिल्ला जोड्ने मालढुङ्गा–बेनी सडकलाई चार लेन बनाउने, सदरमुकामबाट वडा कार्यालयसम्मको सडक ग्राभेल गर्ने, दुर्गम क्षेत्रमा पनि निशुल्क इन्टरनेट सुविधा, घरघरमा खानेपानी, भोलुङ्गेपुल मर्मत लगाएतका योजनाहरू प्राथमिकतामा रहेको बताए । https://youtu.be/a_nXGCkcvu8

‘जिल्लाका नेताहरु कर्मचारी समक्ष सहयोग माग्छन्, सानो काम लिएर पनि शीर निहुराउँछन । मैले जिल्लाका सरकारी अधिकारीलाई अझैपनि फोनबाटै सहयोग माग्छु, उनीहरुलाई भेटेको पनि छैन’ गौचनले भने । उनले प्रदेशसभा सदस्यमा निर्वाचनमा होमिएपनि जिल्लाका सबै गाउँबस्तीमा आफ्नो उपस्थिती हुने बताए ।‘यूवापुस्ताले मलाई चिन्नुहुदैन । उहाँहरूलाई मैले गरेका कामहरु देखाउन चाहन्छु’ उनले भने ।

जिल्लामा करिव १ हजार मेगावाट विद्युत उत्पादन गर्ने लाइसेन्स झोलामा राखिएको बताउँदै आफुँले निर्वाचित भएलगत्तै विद्युत माफियाहरुको हातबाट लाइसेन्स निकालेर जनताको लगानीमा उत्पादन गर्ने बताए । ‘राहुघाट जलविद्युतको काम अलपत्र पर्नु यहाँका नेताहरुको पहुँच नपुग्नु हो । मैले बैठकमा विद्युत निर्माणमा भएको अवरुद्ध फुकाउने काम गर्नुहोस्, त्यसको जिम्मा मैले लिन्छु भनेर चुनौती दिएपछि केही काम अगाडी बढ्यो’ उनले भने ।

जिल्लामा धमाधम विद्युतगृहको निर्माण सुरु गरी यूवाहरुलाई रोजगार दिने, जिल्ला बाहिरबाट आउने जनशक्तीलाई स्थानीय यूवाहरुको अवसरबाट विस्तापित गराउने बताए । ‘प्राविधिक र इन्जिनियर बाहेक सबै जनशक्तीलाई जिल्लाभित्र बाटै हुन्छ । मेरो डायरीमा असम्भव भन्ने केही लेखेको छैन्’ उनले भने । तत्कालिन समयमा बेनी–मालढुङ्गा घोरेटो बाटो निर्माणको क्रममा स्वर्गिय राजा विरेन्द्र शाहले असम्भव हुने बताएको स्मरण गदैं गौचनले विदेशी कामदारलाई सातु खुवाएर खनिएको सडकका धेरै प्रमाणहरु आफुँसंग भएको बताए ।

तीनपटक सम्म स्वर्गिय राजा विरेन्द्रको उपस्थितीमा बरंजा, रुम, ओखरबोट लगाएतका क्षेत्रमा पुगेर विकास निर्माणका काम गरेको समेत बताए । ‘मैले बनाएको खानेपानीका आयोजनाहरु सामान्य मर्मतमा समेत बन्द भएका छन् । त्यहाँ पुगेर जनतालाई मेरो ब्यक्तिगत लगानीमै भएपनि मर्मत गर्ने प्रतिबद्धता जनाएको छु’ उनले भने । उनले खाडीमुलुकमा रहेका यूवाहरुलाई जिल्लाभित्र नै रोजगारको ब्यवस्था मिलाउने बताए ।

उनले सरकारी बजेट बाहेक जनताको आवश्यकता पुरा गर्न ब्यक्तिगत सम्पत्तीलाई समेत प्रयोग गर्ने बताए । ‘मेरो हातमा भएको औठी समेत मरेपछि खोसाखोस हुन्छ । सम्पत्तीको कुनै लोभ छैन’ उनले भने । नेपाली कांग्रेसका सभापति खम्बीर गर्बुजा संग धेरै योजनाहरु बनाएको बताउँदै लोकतान्त्रिक गठबन्धनले जिल्लामा चुनाव जित्ने दावी समेत गरे । नेता गौचनले प्रदेश नम्बर २ का जनतालाई समेत लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अमलाल फगामीलाई विजय बनाएर आफ्नो भीजनलाई प्रयोग गर्न दिने समेत अनुरोध गरेका छन् ।