मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको प्रचारप्रसारमा जुटेका वाम गठवन्धन र लोकतान्त्रिक गठबन्धन म्याग्दीका उम्मेदवार एवम् नेता कार्यकर्ताहरु प्रचारप्रसारसंगै चुनावी रणनीति बनाउन व्यस्त छन् ।

‘आफ्नो पक्षको जीत निश्चित’ भएको दावी गर्ने दुवै गठबन्धनका उम्मेदवार देखि लिएर नेता कार्यकर्ताहरुले चुनाव प्रचारमा शब्दछनोटदेखि लिएर आकर्षक नाराहरुसहित मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् ।सामाजिक संजालहरुमा आफ्नो पक्षका उम्मेदवारहरुको भावि योजना सहित विगतका वर्षहरुमा कसले के ग¥यो ? भनी इतिहाँसलाई समेत खोतल्ने प्रयास चुनावि प्रचारका क्रममा देखिएको छ ।

म्याग्दीमा दुवै गठबन्धनका उम्मेदवार सहित नेता कार्यकर्ताहरु चुनावी प्रचारमा गाउँ केन्द्रित भएका छन् । दुवै गठवन्धन भित्र केही असन्तुष्ट नेता÷कार्यकर्ताहरु रहेका भएपनि उनीहरु पनि विस्तारै विगतको तीतोलाई विर्सेर आफ्नो पक्षको पृष्ठपोषणमा लागेका छन् ।

यद्यपि चुनाव प्रचारका लागि गाउँगाउँमा जाने सक्रियता भने उनीहरुमा अझै पनि देखिएको छैन ।आइतवार वरंजामा चुनावी आमसभा सम्पन्न गरेको लोकतान्त्रिक गठवन्धन अन्र्तगतको म्याग्दी कांग्रेसले सोमवार पार्टी कार्यालयमा वैठकवसी आगामी रणनीतिको बारेमा व्यापकरुपमा छलफल र अन्र्तक्रिया गरेको छ ।

त्यसैगरी गठबन्धनको अर्को शक्ति राप्रपाले पार्टीका केन्द्रिय प्रवक्ता भूवन पाठकलाई जिल्लामा बोलाएर चुनावी रणनीतिसंगै राजतन्त्र सहितको प्रजातन्त्र पुनस्थापना राप्रपाको प्रमुख एजेण्डा भएको पत्रकार भेटघाट कार्यक्रममार्फत सार्वजनिक गरेको छ ।कांग्रेसले प्रचारप्रसारका लागि नगर र गाउँपालिकाका प्रत्येक वडामा चुनाव प्रचारप्रसार संयोजक चयन गरेको र उनीहरुमार्फत नै प्रचारप्रसार अभियानलाई अगाडी बढाइने जनाएको छ ।धु्रबसागर शर्मा