विद्यालय गएका किशोर वेपत्ता

0
175

म्याग्दीको धौलागिरी गाउँपालीका ७ हिलापोखरीका एक किशोर सम्र्पक बिहीन भएका छन् । आईतबार विद्यालय गएका १४ वर्षिय मिलन परियार सम्र्पक बिहीन बनेका हुन् । ताकमको धौलागिरी बोडीङको कक्षा ६ मा अध्ययन गर्ने परियार विद्यालय नगई सम्र्पकबिहीन भएका हुन् ।

आईतबार दिउँसो दरवाङ देखिएको जानकारी पाएको र सोमबार साँझसम्म खोजी गर्दा नभेटिएको उनकी आमा दलमती परियारले बताउनुभयो । सम्र्पक बिहीन परियारले हरियो पाईन्ट, हुट र रातो फिटाको चप्पल लगाएका छन् । परियारलाई कतै भेटाएमा नजिकको प्रहरी चौकी अथवा परिवारका सदस्यलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।