नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त चुनाव प्रचार अभियान अन्तरगत मंगलबार मालिका गाउँपालीका १ निस्कोटमा आमसभा सम्पन्न भएको छ । आसभामा बोल्दै नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा म्याग्दीका प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापाले जनता र राष्ट्रको हितका लागि बाम गठबन्धन भएको बताउनुभयो ।

उहाँले छिटो छिटो सरकार परिवर्तन हुँदा विकासले गति लिन र जनताको चाहना पुरा हुन नसकेकाले स्थीर सरकार बनाएर देशलाई विकास र सम्बृद्धीको बाटोमा अघि बढाउन एमाले र माओवादीबीच चुनावी तालमेल तथा पार्टी एकताको सहमती भएको बताउनुभयो । प्रदेशसभा क्षेत्र खका उमेद्वार नरदेवी पुनले संविधानमा महिलाको अधिकारका लागि भएका व्यवस्थाको कार्यान्वयन गराउन प्राथमिकता दिने बताउँदै म्याग्दीको विकासका लागि बाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।

एमालेका नेता तथा पुर्व सभाषद नवराज शर्मा र माओवादी केन्द्रका नेता देवराज सुवेदीले नेपाली जनताको चाहना र देशको आवश्यकता अनुसार एमाले माओवादीबीच तालमेल तथा पार्टी एकताको सहमती भएको बताउदै गठबन्धनको जित सुनिश्चित भएको बताउनुभयो । माओवादीका प्रतिनिधिसभामा समानुपातीक उमेद्वार टेकबहादुर विश्वकर्मा (सुवास), होमलाल पुन र याम रोकाले पैसा र शक्तिको आडमा चुनाव जित्नेले जनताको सेवा गर्न नसक्ने बताउँदै बाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।

एमालेका वुद्धी पुनको अध्यक्षता, चक्रपाणी कडेलको स्वागत र माओवादी केन्द्रका गोविन सिउथानीको सञ्चालनमा सम्पन्न कार्यक्रममा कलाकारहरुले जनवादी गित तथा नृत्य प्रस्तुत गरेका थिए । यसैगरी बाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उमेद्वार बिनोद केसीको टोलीले रघुगंगा गाउँपालीका ६ ठाडाखानी, कोटगाउँ, रायखोर र ७ चिमखोलामा कार्यकर्ता तथा जनभेटघाट कार्यक्रम गरेको छ । टोलीमा एमालेका सचिवालय सदस्य सन्तोष रावल, माओवादी केन्द्रका सुवास बिक, रिम कटुवाल, हरि भण्डारी लगायतको सहभागीता रहेको थियो ।