लोकतान्त्रिक गठबन्धनले पाँच सय जना युवा परिचालन गर्ने

0
202

आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्नका लागि नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठनबन्धनले पाँच सय जना युवा परिचालन गर्ने भएको छ ।

बेनीमा नेपाली काँग्रेस र राप्रपा निकट तरुण युवाहरुको संयुक्त भेलाले निर्वाचनमा मतदान गर्ने सिकाउने देखि निर्वाचनको समयमा हुने हरेक खालका गतिबिधि हरुलाई नियन्त्रण गर्नेको लागि युवाहरु परिचालन गर्ने तरुणदलका महाधिबेशन प्रतिनिधि स’मन श्रेष्ठले बताउनुभएको छ । चुनाबी अभियान अन्र्तगत मंगलवार बेनीमा बेनीनगरपालिका–७ र ८ नम्बर वडाको संयुक्त वडा भेला सम्पन्न गरेको छ ।

सो भेलाले ७ नम्बर वडामा रमेशकुमार श्रेष्ठ संयोजक र सहसंयोजक हरि शाक्य सहसंयोजक रहेको चुनाब प्रचार प्रसार समिति गठन नेपाली कांग्रेस म्याग्दीका सदस्य अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, वडा नम्बर ८ मा हिरा पुन संयोजक र झलप्रसाद गौचन सहसंयोजक रहेको चुनाब प्रसार प्रसार समिति गठन गरिएको छ ।

सो भेलामा नेपाली काँग्रेस म्याग्दीका निवर्तमान सभापती रेशम बहादुर बानियाँ, राप्रपा अध्यक्ष बिरबहादुर थापा, प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खमवीर गर्वुजा, प्रदेश क्षेत्र नम्बर १ का उम्मेदवार भिमप्रसाद गौचन, काँग्रेस समानुपातीक उम्मेदवार त्रिलोकचन्द्र विश्वास विक, काँग्रेस बेनी नगरपालिका–७ का सभापती रमेशकुमार श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।तरुणदल नगर सभापती खड्क केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तरुणदल म्याग्दीका सचिब सुमन बानियाँ गर्नुभएको थियो । निर्मल खत्री