दुर्गमबस्तीका जनताको घरदैलोमा पुग्दैछन उम्मेद्वार केसी (फोटो फिचर)

0

आगामी मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा म्याग्दीको प्रदेश क्षेत्रनम्बर १ मा उम्मेदवार बनेका युवा नेता विनोद केसी दुर्गम बस्तीमा घरदैलोमा व्यस्त छन् । नेकपा एमाले र माओवादी केन्द्रको बाम तालमेलबाट प्रदेशसभाको क्षेत्र नम्बर १ मा प्रत्येक्ष उम्मेद्वारमा माओवादी केन्द्रका युवा नेता केसी उम्मेद्वार बनेका हुन् ।

एमाले र माओवादीको साझा उम्मेद्वारको रुपमा मनोनयन दर्ता गरेसंगै केसी प्रदेश सभाको क्षेत्र नम्बर १ का गाउँ गाउँमा घरदैलो अभियानमा व्यस्त छन् । उत्तरी अन्नपूर्ण गाउँपालिकामा चुनाबी अभियान सकेर रघुृगंगामा घरदैलो थालेका केसीलाई मतदाताहरुले युवा नेता उम्मेद्वार बनेकोमा बधाई दिँदै बिजयीको शुभकामना समेत दिएका छन् ।

रघुगंगा गाउँपालिका–५ झिँ, वडा नम्बर ६ पाखापानी, ठाडखानी, कोटगाउँ, रायखोर लगायतको क्षेत्रमा घरदैलोमा सरिक भएका उम्मेदवार केसीले स्थानीयसंग गाउँको समस्या, सम्भावनाको बारेमा समेत जानकारी लिएका छन् । ‘‘ मैले भोट हाल्नुस मात्रै भनेको छैन्, मेरो अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनाहरु जनतामाझ राखेको छु र युवालाई नेतृत्वको लागि जिम्मेवारी दिनुस भनेको छु,’’– उम्मेद्वार केसीले भने ।

उनले घरदैलोको क्रममा जनताबाट आएका सुझाब र प्रतिकृयाहरुबाट आफु उत्साहित बनेको समेत प्रतिकृया दिए । केसीले घरदैलोको क्रममा विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका समस्याहरु समाधानको खाका सहित आफुलाई बिजयी गराउन मतदाताहरु समक्ष अनुरोध गर्ने गरेका छन् । उनले गाउँको प्राकृतिक स्रोत र साधनको उपयोग गरि युवाहरुलाई स्वरोजगार बनाउने र वैदेशिक पलायनलाई रोक्नका लागि समेत आफुले बनाएका योजनाहरु जनतामाझ राखेको बताए।

रघुगंगा गाउँपालिकाको केन्द्रको सम्बन्धमा समेत केसीले आफु प्रदेश सभा सदस्यमा निर्वाचीत भएमा अहिले जनप्रतिनिधिको बहुमतले केन्द्र तोकेको मौवाफाँट अपायक पर्ने पाखापानी र झिँ क्षेत्रका नागरिकको लागि सेवा केन्द्र, स्वायत्त एवम् संरक्षित क्षेत्र लगायतको माध्ययमबाट सहज रुपमा सेवा सुविधा लिन सक्ने व्यवस्थाको लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘‘ जनताले गाउँमै प्रशासनिक सुविधा र विकास चाहेका छन्, त्यसको लागि मैले गर्न सक्ने निश्चित खाका जनतामाझ राखेका छु, गर्नै नसक्ने आश्वासन मैले बाँडेको छैन्, जनताबाट आएका सुझाबले मलाई थप हौँसला प्रदान गरेको छ,’’–घरदैलोमा व्यस्त रहेका केसीले भने । प्रदेश सभामा केसीकै प्रतिस्पर्धी उम्मेद्वारको रुपमा रहेका राप्रपाका भिमप्रसाद गौचनको गृहगाउँ पाखापानी क्षेत्रकै नागरिकहरुले निर्वाचनमा युवा नेतृत्वलाई मतदान गर्न आफुहरु ईच्छुक रहेको प्रतिकृयाल उम्मेद्वार केसीको हौँसला थप बढको छ ।

७ बर्षसम्म तत्कालिन गाविस संयोजक भएर काम गरेका स्थानीय धु्रवकुमार पाईजाले राप्रपामा लागेर गाउँबाट मन्त्रीहरु समेत बनाईसक्दा समेत गाउँको समस्या जस्ताको तस्तै भएपछि आफु हालै एमालेमा प्रवेश गरेको प्रतिकृया दिए । उनले निर्वाचनमा योग्य उम्मेद्वारहरुलाई बिजयी गराउन आफुहरुले सहयोग गर्ने समेत बताए । पाईजा जस्तै ठाडखानीका गंगाबहादुर छन्तयालले पनि आफ्नै साविकको गाविसबाट राज्यमन्त्रीहरु समेत बनिसकेको भएपनि गाउँको समस्या हल नहुनुले पुराना नेताहरुप्रति जनताको विश्वास नरहेको बताए ।

‘‘ हेर्नुस यो गाउँको बाटो, हामी जनताले खनेको हो, बाटोत खन्यौँ तर पैसा उठाउन नसकेर मर्मत गर्न सकेका छैनौँ, यहाँको भोट मागेर जाने कुनै पनि नेताले केही गर्न सकेनन्, खै राज्यमन्त्री भएकाहरु पनि गाउँ फर्किएर आएनन्, विद्यालय गाउँलेले चलाएका छौँ,’’–उनले भने । सो घरदैलोको क्रममा उम्मेद्वार केसी, प्रदेश क्षेत्र नम्बर १ का प्रचार प्रसार संयोजक सन्तोष रावल, युवा नेताहरु सुवास विक, दिपक कार्की, कर्ण प्रधान, रिम कटुवाल, हरि भण्डारी, चन्द्रमान छन्त्याल, सुदिन पौडेल, शिसिर शाही लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।