लोकतान्त्रिक गठबन्धनको पाखापानीमा आमसभा

0
181

लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा चुनावी आमसभा अभियानलाई तिब्र बनाएको छ । अभियानको क्रममा आज पाखापानी आमसभा तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कांग्रेस नेतृत्वको गठबन्धनले चुनावी आम सभालाई तिब्रता दिएको छ ।

म्याग्दीका दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत रघुगंगा गाउँपालिका–६ एकाई सभापति मनकुमार पुन को सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्याग्दीका सभापति एवँ प्रतिनिधी सभा सदस्य निर्वाचनका उम्मेदवार खम बहादुर गुर्बजा (खम्वीर)ले म्याग्दीको विकासका लागी आफुले सम्पुर्ण कुरा त्याग गरी जनताको विकासमा लाग्ने र आफुले जित्ने पक्का भएको बताएका थिए ।

उनले रघुगंगा क्षेत्रको विकासका लागि आफ्नो भिजनलाई कार्यान्वयन गर्न मतदान गरेर सहयोग गर्न अनुरोध गरेका थिए । ‘रघुगंगा गाउँपालिका अहिलेसम्म उपेक्षामा परेको छ ।तपाईहरुको भोटबाट जनप्रतिनिधि भएर फर्किएर पनि आएका छैनन्’ गर्बुजाले भने ।उनले जिल्लाको विकासका लागि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना सहित पाँचबर्ष भित्र आधारभुत आवश्यकता पुरा गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा राप्रपाका क्षेत्र न १ का उम्मेदवार भिम प्रसाद गौचनले पाखापानीमा आफुले गरेको कामको मुल्याङन गर्दै मतदान गर्ने अनुरोध गरेका थिए । उनले दुर्गम क्षेत्रमा प्राथमिकतामा राखेर आयआर्जनका योजनाहरु समेत ल्याउने बताए । प्रदेशमा आफ्नो उपस्थिती सांसद मात्रै नभई प्रदेश नम्बर १ मा विकासका योजनाहरु ल्याउने प्रतिनिधिको भूमिका हुने बताए । कार्यक्रममा काग्रेसका युवा नेता तथा महाधिवेसन प्रतिनिधि भरत बहादुर रकाल, नेपाली कांग्रेस प्रदेश सभा समानुपातिक उमेद्वार बिमला गौचन राप्रपाका नेता एकेन्द्र रावल,नेपाली कांग्रेस जिल्ला सदस्य मनकुमारी बिकले मन्तव्य राखेको कार्यक्रमको संचालन रघुगंगा गाउपालिका वडा २ का सदस्य कृष्ण गर्बुजा गरेका थिए ।