पश्चिम म्याग्दीको भविस्य उज्यालो बनाउन चाहन्छु (भिडियो)

0
258

अगामी मंसिर १० गते हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसबाट प्रदेश नम्बर २ बाट उम्मेदवारी बनेका क्या. अमलाल फगामी अहिले जनताको घरदैलोमा भोट माग्न ब्यस्त छन् । भारतीय सेनाबाट अवकश लिएपछि राजनीतिमा सक्रिय भएका फगामीले पश्चिम म्याग्दीमा विभिन्न सामाजिक कार्यमा सक्रिय छन् ।

आफ्नो जन्मभुमी देविस्थानबाट अभियानको सुरुवात गरेका फगामीले अहिले मंगला, मालिका र धौलागिरि गाउँपालिकाका जनतालाई आफ्नो भिजन प्रस्तुत गरेका छन् । २०५४ सालमा अवकाश लिएपछि पार्टीको सदस्यता लिएका फगामीले २०५६ सालमा स्वर्गिय नारायण सिंह पुनको चुनावी अभियानमा पश्चिम म्याग्दीमा परिचालन भएका थिए ।

इमान्दार र भूपुहरुमा लोकप्रिय रहेका फगामीले भारतीय सेनामा हुदाँ समेत गान्धी विचारबाट प्रभावित भएको बताउँछन् । नेपाली कांग्रेस म्याग्दीका जिल्ला कार्यसमिति सदस्य समेत रहेका फगामीले दुर्गमबस्तीमा रहेका जनतालाई आवश्यक पर्ने आधारभुत आवश्यकतालाई पुरा गर्ने प्रतिबद्धता समेत जनाएका छन् । प्रदेशसभा ख का उम्मेदवार फगामीसंग बेनीअनलाइनले गरेको कुराकानी

तपाईं किन उम्मेदवार बन्नुभएको हो ?
पश्चिम म्याग्दीमा विकासको लहर ल्याउन मैले उम्मेदवारी दिएको छु । जिल्लामा बहुदल आएपछि अहिलेसम्म जनप्रतिनिधिको भुमिका निर्वाह गरेका कम्यूनिष्ट सांसदहरुबाट कुनैपनि विकासे काम भएनन् । जनताले उनीहरुबाट धेरै आशा गरेका थिए तर ब्यक्तिगत स्वार्थका लागि ठुलो बजेट समेत आवश्यक ठाउँमा खर्च गरेको देखियो । सांसद विकास कोषबाट आउने बजेट समेत आफ्ना अनुकुलका क्षेत्रमा वितरण गरी जनतालाई अपमान गरे । राजनीतिलाई सेवाभन्दा पेशा बनाए। त्यसैले मैले जनताको सेवाका लागि आफ्नो पेन्सन र नीजि सम्पती समेत प्रयोग गर्ने घोषणा गरी सांसदमा निर्वाचित भए सबै सुविधा जनताले प्रयोग गर्ने गरी अक्षय कोषको स्थापनाको प्रतिबद्धता समेत जनाएको छु । इमान्दार नेताको रुपमा देखिने मेरो एउटै लक्ष्य छ ।

प्राथमिकताका आधारमा तपाईका तीन मुख्य एजेन्डा बताउनुहोस् ।
क) जिल्लाको प्रदेशसभा क्षेत्र नम्बर २ विकासमा निकै पछाडी परेको छ ।दुर्गमबस्तीमा अहिलेसम्म ब्यवस्थित गोरेटो बाटोा समेत छैन् ।त्यसैले मैले सडकको पहुँच नपुगेका बस्तीहरुमा पाँचबर्षभित्र सडकको विस्तार गर्ने योजना बनाएको छु ।जस्तै अति विकट गुर्जा, मुदी, खिवाङ, मल्कवाङ लगाएतका बस्तीमा अहिले पनि सडकको पहुँच छैन् । तपाईले हेनुहोस् विकासको नाममा अहिलेसम्म आएको बजेट कहाँ र कसरी प्रयोग भएको छ । मैले जनतालाई ती विषयमा पनि आफ्नो भनाई राखेको छु । नेता जनताको बन्नुपर्छ ब्यक्ति र भविस्यमा ब्यक्तिगत लाभ खोज्नेहरुको होईन् ।
ख) तीनवटा गाउँपालिका रहेको मेरो क्षेत्रमा केन्द्रिय विद्युतीकरणको अति आवश्यकता छ ।अहिले पनि जनता सोलार र दियालोको भरमा जीवन निर्वाह गरिरहेका छन् ।उनीहरुलाई उज्यालो बनाउन मेरो भूमिका हुने छ ।केन्द्रिय विद्युतीकरणको सुरुवात मेरो पेन्सन बापतको एकबर्षको सुविधाबाट घोषणा हुने छ ।
ग) कृषि, पर्यटन, जलविद्युतमा पनि प्रचुर सम्भावना भएको क्षेत्र हो । विश्वकै अग्लोमा पर्ने धौलागिरि हिमालको आरोहणमा आउने विदेशीलाई ब्यवस्थित पदमार्ग, पदमार्गस्थलमा होटल, शौचालयको सुविधा, प्रसिद्ध मालिका मन्दिरको प्रचारप्रसार लगाएत पश्चिम म्याग्दीबाट रुकुम, बागलुङ जोड्ने सडक विस्तारमा सम्बन्धित निकायलाई दवाव दिएर तीन जिल्लाको रिङरोड बनाउने छु ।

चुनावी प्रचारका क्रममा तपाईका चुनौती के हुन्?
मेरो चुनौती बाम गठबन्धनका उम्मेदवार हुन् । तर पनि मेरो पक्षमा माहोल बनिरहेको छ । हामीले तलबभत्ता र सुविधा समेत जनाको नाममा छोडेका छौ । जनताको हितका लागि अक्षय कोषको स्थापनाको योजना समेत बनेकाले पनि राजनीति गरी घरघडेरी जोड्ने जनप्रतिनिधिभन्दा राज्यको सुविधा जनतालई दिनेलाई रोज्ने प्रतिबद्धता मलाई आइरहेकाले पनि मेरो जीत सुनिश्चित जस्तै भएको छ । मैले चुनावी खर्चका लागि निर्वाचन आयोगले तोकेको रकमबाटै ब्यवस्थापन गरेको छु । चुनाव खर्च धेरै गर्नुछैन् ।

पहिलो पटक उम्मेदवारको रुपमा मैदानमा हुनुहुन्छ,मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ त ?
चुनावी मैदानमा म नयाँ अनुहार भएपनि मैले २०५६ सालमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका स्वर्गिय नारायण सिंह पुनको चुनावी अभियानमा पनि सहभागिता थिए । अर्को कुरा म पश्चिम म्याग्दीका जनताका लागि नयाँ अनुहार होईन् मैले राजनीतिलाई गलत तरिकाले प्रयोग गरिन् । तरपनि जनतामाझ सामाजिक कार्यहरुबाट समेत परिचित छु ।

चुनावी अभियानमा घरदैलो र आमसभामा पुग्दा पहिले नदेखेको जिज्ञासा राख्ने मतदातालाई समेत आफ्ने परिचय दिने गरेको छु । सबै मतदातामाझ चिनजान नभएपनि मंगला, मालिका र धौलागिरि गाउँपालिका भित्रका मतदाताले मलाई राम्रो संग चिन्नुहुन्छ । उनले ’राजनीति सेवा हो, म्याग्दीमा पैसा कमाउन राजनीति गरेजस्तो देखिएकाले पनि पश्चिम म्याग्दी विकासमा धेरै पछाडी परेको दावी समेत गरे । उनले पश्चिम म्याग्दीको उज्यालो भविस्यका लागि जलविद्युत, पर्यटन, ग्रामिण कृषि लगाएतका रोजगारमुलक योजनाहरुमा लगानीको आवश्यकता रहेको बताउँदै पाँचबर्ष आफुँलाई जनप्रतिनिधिको रुपमा काम गर्ने अवसर दिन समेत मतदातालाई अनुरोध गरे ।