नेकपाको भण्डाफोर अभियान दरबाङ्गमा

0
347

पटक पटकको चुनाव बहिष्कार गर्दै आएको बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले  म्याग्दीको दरबाङ्गमा आफ्नो भण्डाफोर सभा तथा चुनाव बहिष्कार अभियान सम्पन्न गरेको छ।

संसदीय चुनाव खारेज गरौं क्रान्तिकारी धुर्बिकरणलाई तिब्रता दिउँ भन्ने मुल नाराका साथ संचालन भएको भण्डाफोर अभियानका प्रमुख अतिथि पार्टी केन्द्रिय सदस्य एबम धौलागिरी अञ्चल ब्यूरो इन्चार्ज धुर्ब घिमिरे ( बिप्लब)ले विभिन्न पार्टी एबम पार्टीका नेताहरूलाई आरोप लगाउदै देशमा विकास र परिवर्तन आउन नसक्नु संसदीय व्यवस्था तथा दलाल पुजीवादी व्यवस्था प्रमुख कारण भएको बताउनुभयो ।

देशमा जुन परिवर्तनको लक्ष्य लिएर दश बर्ष जनयुद्ध लदेका थियौं त्यो न्यून मात्रामा मात्र परिवर्तन भएको बताउनुभयो ।देशमा भएको संसदीय ,पुजीवादी व्यवस्था एबम प्रचण्ड बाबुरामको दक्षिणपन्थी बिस्तारबादले गर्दा नै हजारौं सहिदहरुको बलिदान खेर गएको बताउदै अव आफुहरुलले मात्र सहिदहरुको बलिदानको रक्षा एवम संस्थागत गरिने बताउनुभयो ।साथै उहाँले देश विकास गर्नलाई नयाँ जनबादी क्रान्तिको आवश्यक रहेको बताउनुभयो ।अहिले भएको बामपंथी दलहरूको एकताको बिषयलाई व्यंग गर्दै बामपंथी दलको एकता नभएर दाम एकता भएको टिप्पणी गर्नुभयो ।

लोकतान्त्रिक गठबन्धनको एकता पनि पुजीवादीहरुलाई संरक्षण गर्ने एकता भएको बताउनुभयो ।घोषणा सभा कार्यक्रममा पार्टी म्याग्दी जिल्ला सेक्रेटरी पदम पुन मगर (फिल्टर )ले कार्यक्रम समापन गर्दै देशमा जबसम्म संसदीय व्यवस्था खारेज हुदैन तबसम्म जतिसुकै चुनाव भएपनि त्यसको कुनै औचित्य नहुने बताउदै आगामी चुनावमा भोट नहाल्न पनि अनुरोध गर्नुभयो ।केन्द्रिय सदस्य एवम धौलागिरी अञ्चल ब्यूरो इन्चार्ज धुर्ब घिमिरे (बिप्लब ) को प्रमुख आतिथ्यताको उपस्थिति एबम जिल्ला सेक्रेटरी पदम पुन मगर ( फिल्टर ) सभाध्यक्ष्यतामा संचालन भएको कार्यक्रम संचालन पार्टीका अनन्त केसिले गर्नुभएको थियो ।साथै कार्यक्रममा सांस्कृतिक नित्यहरु पनि प्रस्तुत गरिएको थियो ।