कसैले टेरेनन् प्रशासनको निर्देशन

0
224

विगतमा निर्वाचनमा हतियारको प्रयोगले निर्वाचन सम्बन्धि गतिविधिलाई असर गरेपछि अवैध र ईजाजत पत्र लिई हातहतियार राखेकालाई जिल्ला प्रशासन कार्याेलयबाट बुझाउन आग्रह गरिएको छ ।

गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पटक–पटक सुचना जारी गर्दा समेत हतियार बुझाउन अटेर गरेकालाई लक्षित गरी हिजो कात्तिक १५ गतेभित्र प्रहरीलाई बुझाउन अनुरोध गरिएको पनि अटेर गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बताए ।‘निर्वाचनलाई भयरहित, शान्तिपूर्ण बनाउन सबैको सहयोग आवश्यकता पर्छ ।उजुरी गरेमा इजाजतपत्र लिएकालाई कानुनी समस्या हुनसक्छ’ उनले भने ।

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचको सुरक्षालाई मध्यनजर गदैं सार्वजनिक गरिएको अपिललाई अटेर गरेपछि प्रशासनले कडाई गर्ने चेतावनी दिएको छ । विगतमा निर्वाचनमा इजाजतपत्र लिएका हतियारलाई समेत शान्तिसुरक्षामा असर गरेको भन्दै मतदाता र राजनीतिक दलबाटै प्रशासनको आलोचना भएको थियो ।जिल्लामा करिव ८५ इजाजतपत्र लिएका हतियार रहेको बताइन्छ । त्यस्तै अवैध हतियारको संख्या समेत धेरै रहेको बताएपनि आधिकारीक तथ्याङ्क छैन् ।

जिल्ला प्रहरी कार्यालयले नजिकको प्रहरी चौकीमा हतियार बुझाउन सकिने र निर्वाचन सकिएपछि फिर्ता गरिने बताउँदै प्रहरी चौकी, इलाका प्रहरी कार्यालय मार्फत समेत सुचना गरेको छ । यसैविच निर्वाचनको अवधिभर कुनैपनि प्रकारको हातहतियार, कानुनले बर्जित गरेका पर्दाथ, लाठी, भाला, खुक’शरी जस्ता हतियार लिएर गाउँबस्तीमा हिडडुल गर्न गराउन वा प्रर्दशन गर्न निषेध गरेको प्रहरी निरिक्षक सन्तोष रोकाले बताए ।

‘सुरक्षाको चुनौतीका नविकरण गरिएका हतियारहरु समेत छन् । सुचनाकै आधारमा धेरै हयितारहरु आउनेमा विश्वस्त छौ’ रोकाले भने । उनले निर्वाचनको नजिक घरेलु मदिारा वा मदिराजन्य पदार्थको उत्पादन र बिक्री वितरणमा समेत रोक लगाइएको बताए । जिल्लामा निर्वाचनका लागि आवश्यक तयारी गरिएको छ । म्याग्दीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले निर्वाचनमा सरकारले तोके अनुसारको सुरक्षाका लागि तयारी गरेका छन् । त्यस्तै म्यादी प्रहरीले समेत छनौट संगै अभ्यास सुरु गरेको प्रहरीले जनाएको छ ।