लोकतान्त्रिक गठबन्धनको झिँ र घतानमा आमसभा

0

लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा चुनावी आमसभा अभियानलाई तिब्र बनाएको छ । अभियानको क्रममा आज पाखापानी आमसभा तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । काग्रेस नेतृत्वको गठबन्धनले चुनावी आम सभालाई तिब्रता दिएको छ ।

म्याग्दीका दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत रघुगंगा गाउँपालिका–५ र बेनी नगरपालिका ९ घतानमा आम सभा गरेको हो बेनपा ९ का ईकाइ सभापति चक्र केसीको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्याग्दीका सभापति एवँ प्रतिनिधी सभा सदस्य निर्वाचनका उम्मेदवार खम बहादुर गुर्बजा (खम्वीर)ले एकपटक जिल्लाको विकासका लागि काम गर्ने अवसर दिन मतदातालाई अपिल गरे ।

‘मैले जनतालाई झुटो आश्वासन दिएको छैन्, मतदातामाझ बोलेका सबै काम गरेरै छाड्नेछु’ गर्बुजाले भने । उनले विकासका बजेटमा परिवार, आफन्त र पार्टीका कार्यकर्ताको हितमा काम गरी जनताको आवश्यकतामा खर्च नगरिएको बताउँदै जिल्लाभर। आवश्यकता अनुसार बजेट वितरण गर्ने गरी संयन्त्र बनाउने समेत बताए ।

‘मैले संसादमा तलबभत्ता खान जाने होईन्, तलबभत्तालाई नै अक्षय कोष स्थापना गरी ठुलो आर्थिक जुटाउनेछु’ उनले आफ्नो प्रतिबद्धतामा भने । सभालाई सम्बोधनको क्रममा गर्बुजाले तलबभत्ता सहित म्याग्देलीको इच्छा अनुसारको सहयोगलाई समेत जम्मा गरी स्थानीयतहबाटै सञ्चालन हुने कोष मार्फत गरिव जनताका छोराछोरीलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, सामुदायिक विद्यालयमा दरबन्दी लगाएत अति आवश्यक क्षेत्रमा खर्च गर्ने बताए ।

चुनावी सभाको अवसरमा . राप्रपाका क्षेत्र न १ का उम्मेदवार भिम प्रसाद गौचनले विगतमा पनि आफुँले काम गरेको बताउँदै यसपटक पनि आफ्नो पक्षमा जनमत रहेको बताए । ‘हाम्रो क्षेत्रलाई नमुना बनाउने गरी काम गर्नेछु, लोकतानित्रक गठबन्धनबाट जिल्लाबासीले दुईबर्ष भित्र नै परिवर्तनको अनुभुती गर्नुहुनेछ’ उनले भने ।

कार्यक्रममा काग्रेसका युवा नेता तथा महाधिवेसन प्रतिनिधि भरत बहादुर रकाल, नेपाली कांग्रेस प्रदेश सभा समानुपातिक उमेद्वार बिमला गौचन राप्रपाका नेता एकेन्द्र रावल,नेपाली कांग्रेस जिल्ला सदस्य मनकुमारी बिक ,नेपाल किसान संघका अध्यग्क्ष समर बहादुर थापा ,नेपाली कांग्रेस घतानका अग्रज सम्मर बहादुर चोखाल, महिला संघ सचिव सिर्जना श्रेष्ठ लगायतले मन्तव्य राखेको थिए कार्यक्रम रश्मी बानियाँ खड्काको स्वागत नेबिसंका जिल्ला सदस्य सुजन बरुवालको संचाललमा सम्पन भएको थियो ।