लोकतान्त्रीक गठबन्धनको भकिम्लीमा आमसभा

0

लोकतान्त्रिक गठबन्धनले चुनाबी प्रचार प्रसारलाई तिव्र बनाएको छ । चुनावी अभियान अन्तर्गत शुक्रबार बेनी नगरपालिका वडा ३ भकिम्लीमा आमसभा र अगुवा कार्यकर्ता भेटघाट सम्पन्न गरेको छ । आम सभालाई सम्बोधन गर्दै प्रदेश सभा १ का सदस्यका उमेद्वार भिमप्रसाद गौचनले नेपालको राष्ट्रियता जोगाउन र नेपाललाई समृद्ध बनाउनको लागि लोकतान्त्रीक गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ। विगतमा समेत आफुँले जिल्लाको विकासमा भूमिका खेलेको बताउँदै एकपटक काम गर्ने अवसर दिन अनुरोध गरेका थिए ।

उनले बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा शिक्षा, स्वास्थ्य लगाएतका योजनाहरुलाई कार्यान्वयन सहित विकास निर्माणका अभियानलाई समेत तिब्रता दिन सांसद भएपछि प्राप्त हुने सुविधालाई समेत अक्षय कोष मार्फत जनताको घरदैलोमा पुग्ने गरी विस्तार गर्ने बताए । ‘हामीले घोषणा गरेका सबै प्रतिबद्धतालाई जनतामा लिखित रुपमै पुर्याउन चाहन्र्छौ। विगतमा पनि मैले विकासका नाममा एक रुपैयाँ पनि भ्रष्टचार गरिन’ उनले भने ।

सदरमुकाम बेनी नजिक भएपनि विकासमा पछाडी परेको भकिम्लीको धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार, सडक, शिक्षा लगाएतको क्षेत्रमा समेत सहयोगको प्रतिबद्धता जनाएका थिए । उनले प्रतिनिधिसभामा कांग्रेसका यूवा नेता खम्बीर गर्बुजा र प्रदेशसभामा आफ्नो उपस्थिती भए पाँचबर्ष भित्र जिल्लाको मुहार परिवर्तनमा कसैले रोख्न नसक्ने दावी समेत गरे ।

कार्यक्रममा बोल्दै प्रदेश सभा समानुपातिक उमेद्वार नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचनले नेपालको चौतर्फी बिकासको लागि नेपालमा लोकतन्त्रीक गठबन्धनको आवश्यकताको महशुस गरेका जनताले चाहेको जस्तै भएको र नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधान संसोधन,कार्यन्वयन,संगै मुलुकलाई आर्थिक समृद्धितिर लैजानको लागि लोकतान्त्रीक गठबन्धनलाई मतदान गर्नुपर्ने बताए ।

नेपाली कांग्रेस भकिम्ली गाउँईकाई समितिका सभापति क्या जसबहादुर पुनको सभापतित्व,सचिव मनबहादुर पुनको संचालन राप्रपा भकिम्ली ईकाईका सभापति तिलराम थापाको स्वागतमा भएको कार्यक्रममा नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि तथा युवा नेता भरत बहादुर रकाल, राप्रपाका जिल्ला अध्यक्ष विरबहादुर थापा,नेपाली कांग्रेस जिल्ला सदस्यद्धय मनकुमारी बिक, अजयमिलन श्रेष्ठ,राप्रपाका पूर्वकेन्द्रीय सदस्य एकेन्द्र रावल,जिल्ला सचिव दलकिशोर बानियाँ लगायतले बोलेका थिए ।