नेकपा एमालेकी पोलीट ब्युरो सदस्य थममाया थापाले नेपालका श्रमजिवी, गरिब, उत्पीडित, महिला, दलितको उत्थानका लागि कम्युनिष्ट पार्टीको सरकार आवश्यक रहेको बताउनुभएको छ ।

धौलागिरी गाउँपालीका ४ मुदीमा शनिबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै एमाले नेता थापाले नेपाली काँग्रेसका कारण नेपालमा अस्थिरता र बिदेशी हस्तक्षेप निम्तीएको बताउँदै राजनितिक स्थाईत्व कायम गरी विकासलाई तिब्रता दिन आगामी निर्वाचनमा बाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।

“नेपालमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र संघीयता ल्याउन कम्युनिष्ट पार्टीको भुमिका र योगदान छ” एमालेकी समानुपातीक उमेद्वार समेत रहेकी थापाले भन्नुभयो “दलित, महिला, मधेशी, जनजाती, मुस्लीम, जेष्ठ नागरीकको उत्थानका लागि कम्प्युनिष्टको विकल्प छैन् ।”

एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्र थापाले नेपालमा राजनितिक अधिकार प्राप्तीको आन्दोलन सकिएकाले संबिधानको कार्यान्वयन, गणतन्त्रको रक्षा, जनताको जिवनस्तर सुधार, भ्रष्ट्राचारको अन्त्य, विकास र सम्बृद्धीका लागि स्थीर सरकार र एउटै कम्प्युनिष्ट पार्टी बनाउने उद्देश्यले एमाले माओवादीबीच चुनावी तालमेल तथा पार्टी एकताको घोषणा भएको बताउनुभयो ।

बाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्र (ख) का एमालेका उमेद्वार नरदेवी पुनले धौलागिरी गाउँपालीकाका सबै वडामा यातायात, विद्युत, खानेपानी सुबिधा, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, महिलाको अधिकारका लागि संबिधानमा भएका व्यवस्थाको कार्यान्वयनसंगै पर्यटन, जलविद्युत र जडिवुटीको विकास गरी रोजगारी सिर्जना, आयआर्जन वृद्धीमा प्राथमिकता दिने बताउनुभयो ।

नेकपा एमालेका जिल्ला सचिव बालकृष्ण सुवेदी र माओवादी केन्द्रका नेता टेकबहादुर विश्वकर्माले म्याग्दीले जनताको सेवा, विकास र सम्बृद्धी स्पष्ट योजना सहित अघि बढेको बाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो । सोही अवसरमा मुदीमा गणेश घर्तीको संयोजकत्वमा १०१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन भएको छ । युवा नेता दलमान पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालीका अध्यक्ष थमसरा पुन, माओवादी केन्द्रका गाउँपालीका अध्यक्ष यामन रोका लगायतले मन्तब्य र जनवादी कलाकारहरुले गित तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

सो कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरि सक्रिय कार्यकर्ता तारा पुन, दलमान बिक, वुद्धीसर रसाईली लगायत एमालेमा प्रवेश गरेका थिए । शुक्रबार साँझ मुनामा आमसभा र लमसङमा कार्यकर्ता भेटघाट गरेको बामगठबन्धनको टोलीले शनिबार साँझ खिवाङमा आमसभा गरेको छ ।यसैगरी बेनपा ५ पुलाचौर र ६ अर्थुङ्गेमा पनी शनिबार एमाले र माओवादी केन्द्रको संयुक्त कार्यकर्ता भेटघाट तथा प्रशिक्षण सम्पन्न भएको छ । सन्तोष गौतम