कुहुँका माओबादी गाउँ इञ्जार्च कांग्रेसमा प्रवेश

0
201

नेपाली काँग्रेस म्याग्दीमा पार्टी प्रवेशको लहर चलेको छ । मराङमा सिँगो माओबादी कमिटी काँग्रेस प्रवेश गरेको भोलीपल्टै शनिबार कुहुँमा माओबादीका कुहुँ गाउँ इञ्चार्ज दिलबहादुर सार्कीको नेतृत्वमा अधिकाँश अगुवा कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् । नरसिंह आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत हुन् । उनले शैक्षिक संगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका किसानले दलित समुदायलाई आश्वासनभन्दा पनि आधारभुत आवश्यकतामा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

‘हामीलाई खेलौना बनाउन पाइदैन्, नेताको इसारा भन्दा पनि स्वाभिमानी भएर बाच्न चाहन्छौ’ उनले भने । मतदाता र अगुवा कार्यकर्ता भेटघाटका लागि कुहुँ पुगेको प्रतिनिधीसभा सदस्यका उम्मेदवार एवँ काँग्रेस म्याग्दीका सभापति खमबीर गर्बुजा, प्रदेशसभा सदस्यका उम्मेदवार क्या. अमलाल फगामी र मालिका गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोका लगायतको टोलीले माओबादी नेता सार्कीलाई अविर, खादा र पार्टीको झण्डा हस्तान्तरण गर्दै काँग्रेस प्रवेश गराएका हुन् ।

सो अवसरमा बोल्दै सार्कीले गाउँको विकासका लागि काँग्रेसले गरेको योगदानको सम्मान गर्दै थप विकासका लागि आफु प्रवेश गरेको बताए । सोही अवसरमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उम्मेदवार एवँ सभापति गर्बुजाले जिल्लाको विकासको योजना र कार्यक्रम काँग्रेससँग मात्रै रहेको दाबी गरे ।

‘कुहुँको शिक्षा, स्वास्थ्य र यातायातको विकास काँग्रेसले गर्छ’, उनले भने । कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार फगामीले समग्र पश्चिम म्याग्दीको विकासका लागि आफुलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गरेका थिए । नेपाली काँग्रेसका दिलबहादुर शेरपुञ्जाको सभापतित्वमा भएको कार्यक्रममा उम्मेदवारद्धय गर्बुजा र फगामीले स्थानीय कार्यकर्ता र मतदाताहरुको गुनासो र समस्या सुन्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । राकेश शर्मा