खिम बहादुर भन्छन्,‘मदनको सपना पुरा गर्नुपर्छ’ (भिडियो)

0
277

आफ्नै घरको आगनमा बसेका खिम बहादुर केसीले जिल्लामा भइरहेको चुनावी अभियानका बारेमा दैनिकजसो जानकारी लिन्छन् । परिवारको सहयोगमा घर बाहिरसम्म आउने केसीले सदरमुकाम बेनी देखी विकट बस्तीसम्मको चुनावी चहलपहल सञ्चारमाध्यमका साथै परिवार र छिमेकीबाट समेत बुझ्ने गरेका छन् ।

विगतका निर्वाचनमा भन्दा यसपटक उनको चासो बढ्नुको प्रमुख कारण माहिलो छोरा विनोद चुनावी मैदानमा उत्रिनु मात्रै होईन् जेठो छोरा मदनको सपना पुरा गर्नु हो । पञ्चायती ब्यवस्था विरुद्ध शिक्षण पेशा छोडेर समेत आन्दोलनमा उत्रिएका खिम बहादुरले जनताको अधिकार स्थापित गर्न जनयूद्धमा होमिएको छोरालाई २०५८ सालमा मराङको घन्टेवाङबाट तत्कालिन शाही नेपाली सेनाले पक्राउ गरेर दरवाङको दुखुमा क्रुरतापूर्वक हत्या गरेपछिको अधुरो सपना पुरा गर्न छोरा चुनावी मैदानमा उत्रिएको बताए ।

‘मेरो परिवारले जनयूद्धमा छोरा गुमाएको छ, त्यो मेरो मात्रै होईन् म्याग्देली जनताको छोरा हो’ केसीले भने ।उनले पञ्चायत विरुद्धको आन्दोलनमा आफुँले शिक्षण पेशा समेत छोडेर आन्दोलनको मैदानमा उत्रिएको स्मरण गदैं जनयूद्धका एजेण्डाहरुलाई स्थापित गरी सहिद परिवारको सपना पुराको अभियानमा लागेको छोराले चुनावी मैदानबाटै विजय प्राप्त गर्ने बताए ।

‘मेरो परिवारले नै परिवर्तनको लडाईमा सहभागी छ, ब्यक्तिगत भन्दा पनि समाजका लागि छोराले काम गनुपर्छ’ केसीले भने ।जनयूद्धमा म्याग्दी जिल्लाको चर्चित यूवाको रुपमा स्थापित हुने क्रममै सुराकीको आधारमा मदनको ज्यान लिइएको बताउँदै उनले एउटा छोरा गुमाएपनि छोराको सपना पुरा गर्न अर्को छोराले जनता घरदैलोमा पुगेको बताए । ‘ब्यक्तिगत स्वार्थमा केन्द्रित हुने भए मेरो छोराहरुलाई धेरै अवसर थिए ।

उनीहरू परिवर्तन र जनताको आवश्यकतामै केन्द्रित भए’ आँखाबाट बररर आँसु निकाल्दै केसीले भने ।कम्मरमुनीको भाग नचल्ने अवस्थामा पनि द्धन्द्धपीडित परिवार, जनयूद्धका बारेमा आयोजित कार्यक्रममा हिब्लचियरमा आवतजावत गर्ने गरेका केसीले धेरै कार्यक्रममा समेत आफ्नो रचनामार्फत स्वर्गिय छोरालाई सम्झने गरेका छन् ।

‘मैले विनोदलाई पटकपटक भन्ने गरेको छु, मदनको सपना पुरा गर्नुपर्छ’ उनले भने । गरिवी, अशिक्षा, बेरोजगार, दमन र शोषणको विरुद्धको आन्दोलनमा होमिएको स्वर्गिय मदनको सपना अधुरो रहेको भन्दै जनप्रतिनिधिको हैसियतबाट छोराको सपना पुरा गर्ने विश्वास आफुँमा रहेको बताए ।‘यूवापुस्ताको मात्रै होईन् बुढापाकाको समस्याका बारेमा पनि मैले भनेको छु । उसले जनताको हितमै धेरै काम गर्नेछ’ उनले भने । पटकपटक जेठो छोरालाई सम्झिएका केसीले आफ्नो र छोराको सपना पुरा गर्ने दिन आएको बताए । ्

त्यो दिनको प्रतिक्षामा

छोराबुहारी, शुभचिन्तक पछाडी र आफुँ हिब्वचियरमा अगाडी बेनीबजारमा विजय उत्सवको प्रतिक्षामा खिम बहादुर छन् ।उनले साथमा स्वर्गिय मदनको तस्विरलाई समेत लैजाने योजना बनाएका छन् । ‘त्यो दिन त पक्कै आउँछ, सबैको सहयोगले पनि त्यो दिनलाई कसैले रोक्न सक्दैनन्’ उनले भने । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको अभियानबाट फर्किपछि छोराले दिएको जानकारी अनुसार उसको विजय निश्चित जस्तै भएको बताए । द्धन्द्धपिडितले समेत आफ्नो अधिकार प्राप्त गरेको दिन, परिवर्तनको पक्षमा रहेका यूवाहरुको उत्सवको दिनमा रुपमा समेत आफुँले लिने बताए । उनले बाम तालमेल एउटा परिवर्तनको अभियान भएको समेत बताए । बाम मात्रै नभई अन्य राजनीतिक दललमा लागेका यूवाहरुको मत समेत आफ्नो छोराले पाउने बताउँदै सबैको सहयोगको अपेक्षा गरिएको बताए ।

कति छन् मतदाता ?

म्याग्दी जिल्लामा कुल ७५ हजार ५ सय ३८ जना मतदाताहरुको नामावली कायम गरिएकोमा प्रदेशसभा अन्र्तरगत क्षेत्र नम्बर १ मा बेनी नगरपालिकामा कुल मतदाता १९ हजार ६०५ मतदाता रहेका छन् । तीमध्ये १० हजार ४६८ महिला र नौहजार १३७ जना पुरुष, रघुगंगा गाउँपालिकामा १२ हजार ३७३ मतदातामध्ये छ हजार ५३१ महिला र पाँचहजार ८४२ पुरुष र ११ हजार १५ मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा पाँचहजार ६५७ महिला, ५ हजार ३५७ पुरुष र एकजना तेस्रोलिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।