लालीगुराँस क्लवको सहयोगमा थाईवाङमा शौचालय

0

मंगला गाउँपालिका–१ कुहुँ थाईवाङका सबै घरमा शौचालय बनाउने अभियानमा यूवा क्लव सक्रिय भएको छ । लालीगुराँस यूवा क्लवले गाउँमा आर्थिक हैसियत कमजोर भएकाका दुई परिवारको शौचालय बनाएको छ ।

क्लवका प्रमुख सल्लाहकार मोहन कुमार पाईजाको नेतृत्वमा तममायाँ पाईजा र नर बहादुर जुग्जालीले शौचालय बनाउन आवश्यक साम्रागी र जनशक्तीको ब्यवस्थापन गर्न नसक्ने अवस्था देखेपछि सिमेन्ट, प्यानल सहित आवश्यक निर्माण साम्रागी र जनश्रमदानबाट शौचालय बनाइएको क्लवका सचिव बलिभद्र गौतमले बताए । ‘गाउँका सबै घरधुरीमा अनिवार्य शौचालय बनाउनुपर्छ, अवस्था कमजोर भएकालाई हामीले आर्थिक जुटाएर बनाइरहेका छौ’ गौतमले भने ।

शौचालय भित्र प्रयोग हुने प्यानल, सिमेन्ट, बालुवा लगाएत करिव ५ हजारको निर्माण साम्रागी खरिद गरिएको क्लवले जनाएको छ ।क्लवका सदस्यहरुले शौचालय निर्माण गरेपछि गाउँमा शैचालय नभएका घरहरुलाई समेत दुईदिन भित्र निर्माणको अभियान सुरु गर्न समेत अनुरोध गरिएको क्लवका अध्यक्ष दिल बहादुर पाईजाले बताए ।

उनका अनुसार थप ७ घरलाई समेत शौचालय बनाएर अभियानमा सहयोग गर्न अनुरोध गरिएको बताए । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना अन्र्तरगत गाउँमा खानेपानीको योजनाका लागि समेत तयारी अवस्थामा घर एक धाराको अभियानमा समेत क्लवबाट सहयोग गरिने जनाइएको छ । थाईवाङमा हुने विकास निर्माण सहित विभिन्न सामाजिक कार्यमा समेत क्लवबाट निरन्तर सहयोग हुने गरेको छ ।