लोकतान्त्रिक गठवन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले विकासको क्षेत्रमा पछाडी परेको पश्चिम म्याग्दीलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त (लोकतान्त्रिक) गठबन्धनले मालिका गाउँपालिका वडा नं ४ चिउरीबोटमा आयोजना गरेको चुनावी सभामा बोल्दै उम्मेदवार गर्वुजाले यस्तो बताउनुभएको हो । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि चुनावप्रचारप्रसारका क्रममा चिउरीबोटमा पुग्नुभएका गर्वुजाले पश्चिम म्याग्दीका प्राकृतिक स्रोतहरुको सदुपयोग गर्दै जनतालाई आत्मनिर्भर बताउने र विकासका लागि अपुग श्रोत आफूले केन्द्रबाट व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पश्चिम म्याग्दी तामाखानी,स्लेटखानी,जडिबुटी, जलश्रोत र वनपैदवारका स्रोतले सम्पन्न रहेको बताउँदै उम्मेदवार गर्वुजाले यी श्रोतहरुलाई संचालनमा ल्याउन र आयआर्जनका माध्यम बनाउन चाहिने उपकरण र अन्य व्यवस्थापकीय चाँजोपाँजो मिलाउन मिलाउने ठोकुवा समेत गर्नुभयो ।

प्रतिनिधि सभामा आफूलाई र प्रदेश सभामा लोकतान्त्रिक गठवन्धनका फगामी र गौचनलाई जिताउन अनुरोध गर्दै उम्मेदवार गर्वुजाले म्याग्देली जनताले देखाएको सदाशयता र अपनत्वको क्रृण तिर्न आफू निर्वाचित भएपछि विकास र समृद्धिका योजनाहरु दुर्गम गाउँका विकट वस्तीवस्तीमा पुराउने बताउनुभयो ।

पश्चिम म्याग्दीका जनता लोकतान्त्रिक गठवन्धनको पक्षमा रहेका र प्रतिनिधि सभाका लागि आफूलाई मत दिई विजयी बनाउने कुरामा आफू ढुक्क भएको बताउँदै उम्मेदवार गर्वुजाले आफू विजयी भएमा पश्चिम म्याग्दीको विकासमा बाधक वनेको सडक,विद्युत,संचार,शिक्षा र बेरोजगारीको समस्यालाई समस्यालाई समाधान गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका,नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्यहरु अजयमिलन श्रेष्ठ, भिजेन्द्रमान पुन,मेखवहादु पुन,कमरा पटेल,थमन घिमिरे विक लगाएतले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभएको थियो ।

नेपाली कांग्रेस चिउरीबोट गाउँ इकाइ समतिका सभापति तमवहादुर पुनको अध्यक्षता ,झपेन्द्र पुनको स्वागत र प्रेम घर्तीको संचालनमा सम्पन्न भएको थियो । मंगलवार विहान दरवाङ बजारमा उम्मेदवार गर्वुजा सहितको टोलीले घरदैलो अभियान समेत गरेको जनाइएको छ । चिउरीबोटमा तमवहादुर पुनको संयोजकत्वमा २७ सदस्यीय लोकतान्त्रिक गठवन्धनको मतदान केन्द्र समिति गठन भएको म्याग्दी कांग्रेसका सदस्य अजयमिलन श्रेष्ठले जानकारी दिनुभएको छ । धु्रबसागर शर्मा