लोकतान्त्रिक गठबन्धनले मंगलवार बेनी नगरपालिका वडा ९ तोरीपानीमा कार्यकर्ता भेटघाट र आमसभा सम्पन्न गरेको छ । आमसभालाई सम्बोधन गर्दै प्रदेशसभा ‘क’ का उम्मेदवार भीमप्रसाद गौचनले बेनी नगरसंगै मिलेर बनेको प्रदेशसभा (क) लाई आफुले नमुना प्रदेश बनाउने बताउनु भएको छ। लोकतान्त्रीक गठबन्धनले अवको पाचँ वर्षमा नगरपालिकाका सबै सडकहरु ग्रावेल गर्ने उम्मेदवार गौचनले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गौचनले आफ्नो जित सुनिश्चित भएको बताउँदै बिजय भएकै दिनदेखी जनताका लागि घोषणा गरेका योजनाहरु कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए । ‘लोकतान्त्रिक गठबन्धनकै बहुमत आउँछ, जनताले विकास चाहेका छन्, कम्युनिष्टको अधिनायकबाद होइन’ गौचनले भन्नुभयो । उहाँले विगतमा आफुँले गरेको विकास निर्माणका कामको मुल्याङ्कन गर्न समेत मतदातालाई अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै समानुपातिक उम्मेदवार नेपाल महिला संघ म्याग्दीका अध्यक्ष बिमला गौचनले नेपालको हरेक परिवर्तनको लागि नेपाली कांग्रेसले संघर्ष गर्दै आएको बताउँदै संविधान कार्यन्वयनसंगै आर्थिक बिकास, रोजगारी र नेपालको समृद्धिका लागि लोकतान्त्रीक गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी नेपाली कांग्रेस म्याग्दीका सचिव क्या. मिनबहादुर कार्की, जिल्ला सदस्य मनकुमारी बिक,महिला संघ म्याग्दीका सचिव सिर्जना श्रेष्ठ,वडा सभापति चक्र केसी,नेपाल तरुण दलका केन्द्रीय पार्षद रबिन्द्र कार्र्की,राप्रपाका जिल्ला अध्यक्ष बिरबहादुर थापा, राप्रपाका केन्द्रिय सदस्य एकेन्द्र रावल, बेनी नगरपालिका उपमेयर सन्जु बरुवाल लगायतले राष्ट्रियता जोगाउन, आर्थिक बिकास गर्न र समृाद्ध नेपालको लागि लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभएको थियो । कार्यक्रम नेपाली कांग्रेस गाउँ कार्य समितिका सभापति राजु केसीको सभापतित्व, किसान संघ म्याग्दीका अध्यक्ष सम्मर थापाको स्वागत र सचिव रामचन्द्र कार्कीको संचालनमा सम्पन्न भएको थियो ।धु्रबसागर शर्मा