आगामी मंसिर १० गते हुन गैरहेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दी जिल्लाको मतपत्र सार्वजनिक गरिएको छ । प्रतिनिधिसभाका लागि १ र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीको प्रत्यक्ष र समानुपातिक तर्फको मतपत्र सार्वजनिक भएसंगै दलहरुको मतदाता केन्द्रित चुनावी अभियान सुरु भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ती, नयाँ शक्ती नेपाल, राप्रपा एकिकृत र मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार मैदानमा रहेको छन् । त्यस्तै प्रदेश नम्बर १ मा माओवादी केन्द्र र राप्रपा, प्रदेश नम्बर २ मा नेपाली कांग्रेस, नेकपा एमाले, राजमो र जनमुक्ती पार्टी रहेको छ । प्रदेश र प्रतिनिधिसभाको समानुपातिक सुचीमा विभिन्न दलहरु रहेका छन् ।